evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नेपालमा सुजुकी भिक्टोरिस SUV लन्च, लन्चिङ मूल्य ५० लाख ९९ हजारबाट सुरु | Suzuki Victoris Launched in Nepal

05-Jan-2026 08:45
427
Share 25 नेपालमा सुजुकी भिक्टोरिस SUV लन्च, लन्चिङ मूल्य ५० लाख ९९ हजारबाट सुरु | Suzuki Victoris Launched in Nepal
  • Share
      नेपालमा सुजुकी भिक्टोरिस SUV लन्च, लन्चिङ मूल्य ५० लाख ९९ हजारबाट सुरु | Suzuki Victoris Launched in Nepal
      नेपालमा सुजुकी भिक्टोरिस SUV लन्च, लन्चिङ मूल्य ५० लाख ९९ हजारबाट सुरु | Suzuki Victoris Launched in Nepal
  • Message

    Send Message

  • Call
  • Whatsapp

सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ प्रिमियम एसयूभी सुजुकी भिक्टोरिस नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यही सातादेखि देशभरका सुजुकी शोरुममा यो एसयूभी उपलब्ध हुने कम्पनीले जनाएको छ। काठमाडौंका विभिन्न शोरुममार्फत आज एकसाथ यसको लन्च कार्यक्रम सम्पन्न गरिएको हो।

भारतमा केही महिनाअघि मात्रै सार्वजनिक भएको भिक्टोरिस अब नेपालमा पनि प्रवेश गरेको छ। यस एसयूभीको सुरुवाती भेरिएन्टको मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकिएको छ। लन्च अवसरलाई लक्षित गर्दै सीजी मोटोकर्पले सीमित अवधिका लागि विशेष अफर समेत ल्याएको छ। कम्पनीका अनुसार पहिलो ५० जना ग्राहकले २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्।

सीजी मोटोकर्पका अनुसार भिक्टोरिस हालसम्मकै सबैभन्दा फिचर–लोडेड सुजुकी एसयूभी हो। आधुनिक र भविष्यमुखी डिजाइन, प्रिमियम कम्फर्ट र इन्टेलिजेन्ट टेक्नोलोजीको संयोजनलाई केन्द्रमा राखेर यो गाडी विकास गरिएको जनाइएको छ। भिक्टोरिसमा १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल र स्ट्रोङ हाइब्रिड इन्जिन विकल्प उपलब्ध छन्। यो एसयूभी म्यानुअल तथा अटोमेटिक ट्रान्समिसन दुवैमा उपलब्ध हुनेछ।

सुरक्षाको पक्षमा पनि भिक्टोरिस उत्कृष्ट देखिन्छ। यसमा लेभल–२ एडभान्स ड्राइभर असिस्ट सिस्टम (ADAS) समावेश गरिएको छ, जसले सडक सुरक्षालाई अझ मजबुत बनाउँछ। मजबुत बिल्ड क्वालिटी र अत्याधुनिक सेफ्टी फिचरका कारण यस एसयूभीले ग्लोबल एनक्यापबाट ५ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल भएको छ।

फिचरको हिसाबले भिक्टोरिस प्रिमियम सेग्मेन्टमा अग्रपंक्तिमा देखिन्छ। यसमा डल्बी एटमस अडियो सिस्टम, पावर्ड टेलगेट, भेन्टिलेटेड फ्रन्ट सिट, १०.२५ इन्च स्मार्टप्ले प्रो प्लस इन्फोटेनमेन्ट सिस्टम, ७ इन्च डिजिटल ड्राइभर डिस्प्ले, एम्बियन्ट लाइटिङ, हेड–अप डिस्प्ले, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, क्रुज कन्ट्रोल र ६ वटा एयरब्याग जस्ता सुविधा समावेश छन्।

उत्कृष्ट प्रविधि र प्रदर्शनका कारण भिक्टोरिसले ‘इन्डियन कार अफ द इयर २०२५’ अवार्ड समेत जितिसकेको छ। नेपाली बजारमा यसले हुन्डाई क्रेटा, किया सेल्टोस, होन्डा एलिभेट, स्कोडा कुशाक र फक्सवागन टाइगुन जस्ता ४.३ मिटर सेग्मेन्टका लोकप्रिय एसयूभीहरूसँग प्रतिस्पर्धा गर्नेछ।

Comment
Share 33 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News