evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

थापाथली क्याम्पसमा NAIMA को नवौं मोबिलिटी संवाद सम्पन्न: CKD भेइकल एसेम्बलीमा अवसर र चुनौतीबारे गहन छलफल

10-Jan-2026 06:04
418
Share 6 थापाथली क्याम्पसमा NAIMA को नवौं मोबिलिटी संवाद सम्पन्न: CKD भेइकल एसेम्बलीमा अवसर र चुनौतीबारे गहन छलफल
  • Share
      थापाथली क्याम्पसमा NAIMA को नवौं मोबिलिटी संवाद सम्पन्न: CKD भेइकल एसेम्बलीमा अवसर र चुनौतीबारे गहन छलफल
      थापाथली क्याम्पसमा NAIMA को नवौं मोबिलिटी संवाद सम्पन्न: CKD भेइकल एसेम्बलीमा अवसर र चुनौतीबारे गहन छलफल
  • Message

    Send Message

  • Call
  • Whatsapp

नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले इन्जिनियरिङ अध्ययन संस्थान (IOE), थापाथली क्याम्पससँगको सहकार्यमा आफ्नो मासिक मोबिलिटी संवादको नवौं श्रृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता थापाथली क्याम्पस प्रमुख डा. खेम ज्ञवालीले गर्नुभएको थियो। मुख्य विषय “Completely Knocked Down (CKD) Vehicle Assembly: Opportunities, Challenges, and the Way Forward” रहेको यस संवादमा करिब २०० जना सहभागीहरूले भाग लिएका थिए।

कार्यक्रममा प्राविधिक प्रस्तुति र प्यानल छलफल आयोजना गरिएको थियो। प्राविधिक प्रस्तुतिको सहजीकरण थापाथली क्याम्पसका सहायक प्राध्यापक इ. लोचन केन्द्र देवकोटाले गर्नुभएको थियो।

प्यानल छलफलमा सहभागी हुनुहुनेहरूमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, उद्योग प्रतिनिधि तथा NAIMA बोर्ड सदस्य शेखर गोल्छा, र थापाथली क्याम्पसका डेपुटी इन्स्ट्रक्टर लक्ष्मण पन्थी हुनुहुन्थ्यो।

कार्यक्रमको स्वागत मन्तव्य इन्जिनियर देवेन्द्रबहादुर राउत (अटोमोबाइल तथा मेकानिकल इन्जिनियरिङ विभाग प्रमुख) र NAIMA सदस्य तथा सारदा ग्रुपका निर्देशक गौरव सारदाले दिनुभएको थियो। सारदाले CKD Vehicle Assembly लाई Make in Nepal नीतिसँग जोडेर व्यावहारिक औद्योगिक मोडेलका रूपमा प्रस्तुत गर्दै यसले दक्ष जनशक्ति विकास, युवा रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण र स्थानीय आपूर्ति शृङ्खलाको विकासमा महत्वपूर्ण योगदान दिने बताउनुभयो।

प्यानल छलफलका क्रममा वक्ताहरूले मानव संसाधन विकास, प्रविधि उन्नयन र नीतिगत स्थिरता बिना दिगो औद्योगिक विकास सम्भव नहुनेमा जोड दिए। भारत, चीन जस्ता मुलुकहरूको अनुभवले CKD एसेम्बलीलाई औद्योगिकीकरणको प्रारम्भिक आधारका रूपमा सफल देखाएको उल्लेख गर्दै नेपालको सन्दर्भमा यसको दीर्घकालीन सम्भावनाबारे चर्चा गरियो।

कार्यक्रमको सहजीकरण NAIMA का कार्यकारी निर्देशक राजकुमार दुलालले गर्नुभएको थियो। उहाँले NAIMA Mobility Sanbad लाई आगामी दिनमा थप फराकिलो सहभागिता र सहकार्यका साथ निरन्तरता दिने तथा दसौं श्रृङ्खला पुल्चोक क्याम्पसमा आयोजना गर्ने योजना रहेको जानकारी गराउनुभयो।

समापन मन्तव्य काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी तथा NAIMA बोर्ड सदस्य यमुना श्रेष्ठले दिनुभएको थियो। एसएसपी अधिकारीले आधुनिक सवारी प्रविधि (emerging vehicle technology) बारे ट्राफिक प्रहरी तथा चालकहरूलाई शिक्षित गर्न NAIMA को पहलको उच्च प्रशंसा गर्नुभयो र हालै ट्राफिक प्रहरीलाई गरिएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

यमुना श्रेष्ठले CKD एसेम्बली, नीतिगत स्थिरता तथा शैक्षिक संस्था, सरकार र निजी क्षेत्रको त्रिपक्षीय सहकार्यबाट मात्र नेपालको अटोमोबाइल उद्योगलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने धारणा राख्नुभयो।

AMESIN (Automobile and Mechanical Engineering Students Innovative Network) को संयोजनमा सम्पन्न यस कार्यक्रममा खुला अन्तर्क्रिया र प्रश्नोत्तर सत्र पनि सञ्चालन गरिएको थियो।

NAIMA ले यस्ता मासिक मोबिलिटी संवाद हरूलाई निरन्तरता दिँदै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका समसामयिक विषयमा जानकारी आदान-प्रदान, सरोकारवालाको क्षमता अभिवृद्धि तथा नीतिगत/संरचनागत चुनौतीहरूको सहकार्यात्मक समाधान खोज्ने उद्देश्य राखेको छ।

यो कार्यक्रमले नेपालमा स्थानीय स्तरमा सवारी साधन उत्पादन (local manufacturing), रोजगारी सिर्जना, सीप विकास र मूल्य शृङ्खला विस्तारका सम्भावनाहरूलाई थप उजागर गरेको छ।

Comment
Share 14 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 36 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News