evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नागरिकमैत्री ट्राफिक व्यवस्थापनको नयाँ अध्याय : नाइमा–KVTPO ५ वर्षे रणनीतिक साझेदारी

13-Jan-2026 04:27
365
Share 11 नागरिकमैत्री ट्राफिक व्यवस्थापनको नयाँ अध्याय : नाइमा–KVTPO ५ वर्षे रणनीतिक साझेदारी
  • Share
      नागरिकमैत्री ट्राफिक व्यवस्थापनको नयाँ अध्याय : नाइमा–KVTPO ५ वर्षे रणनीतिक साझेदारी
      नागरिकमैत्री ट्राफिक व्यवस्थापनको नयाँ अध्याय : नाइमा–KVTPO ५ वर्षे रणनीतिक साझेदारी
  • Message

    Send Message

  • Call
  • Whatsapp

नेपाल अटोमोवीन इम्पोटर्स एण्ड म्यान्युफ्याक्चरर्स एसोसिएशन (NAIMA) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय KVTPO बीच काठमाडौं उपत्यकाका कुल १,६५१ जना ट्राफिक प्रहरीहरुलाई व्यवहारकुशल सीपहरू Soft Skills तथा नयाँ सवारी प्रविधि सम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्र (Mol) मा हस्ताक्षर भएको छ।

तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा-केंन्द्रित व्यवहार, जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री अभ्यास सम्बन्धी विषयमा निरन्तर रूपमा अद्यावधिक बनाउँदै नागरिकसंगको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु रहेको छ। ट्राफिक सप्ताह २०८२ अन्तर्गत 'सडक दुर्घटना न्यूनीकरण विशेष अभियान" समुद्घाटन कार्यक्रमको अवसरमा हस्ताक्षरित उक्त समझदारीपत्र प्रहरी महानिरीक्षक (IGP) श्री दान बहादुर कार्की र NAIMA का बोर्ड सदस्य श्री सौरभ ज्योति बीच गत शनिवार आदान-प्रदान गरिएको हो। समझदारीअनुसार NAIMA से आफ्ना सदस्य कम्पनीहरुको विशेषज्ञता उपयोग गर्दै नयां सवारी प्रविधि, सडक सुरक्षा, नवीन प्रविधिको प्रयोग तथा सवारी यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयहरूमा आवश्यक तालिम सामग्री, प्राविधिक स्रोत, विशेषज्ञ सहजीकरण तथा समन्वय उपलब्ध गराउनेछ। यसैगरी, ट्राफिक कार्यालयले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चितता गर्नेछ

समतयारी कार्यान्वयन अन्तर्गत पहिली चरणको तालिम २०८२ माघ ४ गते आइतबारदेखि सुरु हुनेछ। तालिम १७कार्यदिन निरन्तर सञ्चालन हुने र प्रत्येक सत्रमा १०० जना ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ। तालिममा तनाव व्यवस्थापन/ध्यान, सञ्चार तथा इन्द्र व्यवस्थापन, नयां सवारी साधन प्रविधिको सैद्धान्तिक एवं प्रत्यक्ष अवलोकन सत्र, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण, तथा ट्राफिक व्यवस्थापनमा आवस्यक स्यान्ड जेस्वर सीप लगायत विषय समेटिएका छन्। तालिमको सहजीकरणका लागि इन्स्टिच्युट अफ इन्जिनियरिङ (IOE) पुल्चोक क्याम्पस तथा थापावनी क्याम्पसका प्राध्यापकहरू, जीवन विज्ञान। Jeevan Bigyan) का प्रशिक्षकहरू, NAIMA का सदस्य कम्पनीका प्राविधिक विज्ञाहरू प्रेरणाद्यमी बता तया जीवन प्रशिक्षक Life Coach) मनाई साथै आवश्यकताअनुसार अन्य स्वतन्त्र विषय विज्ञहरू (Freelance Experts) सहभागी हुनुहुनेछ। यस्तै, तालिमका केही महत्वपूर्ण सवहरू ट्राफिक प्रहरी प्रमुख र वरिष्ठ ट्राफिक प्रहरी अधिकृत ज्यूहरूले समेत लिनुहुनेछ। विषयगत प्रस्तुति, व्यावहारिक अवलोकन, अन्तरक्रिया, र अष्य दृश्य अवलोकन तालिमको मुख्य डाँचा रहनेछ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक (SSP) नवराज अधिकारीले नयाँ सवारी प्रविधि र जनसम्पर्क केन्द्रित सेवाका विषयमा ट्राफिक प्रहरीलाई निरन्तर रूपमा शिक्षित बनाउनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो, 'ट्राफिक प्रहरी दैनिक रूपमा जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन्छन्, त्यसैले उनीहरूको व्यवहारकुशल सीपहरू सुद्ध गर्नु र नयाँ सबारी प्रविधिबारे अद्यावधिक गराउनु जरुरी छ।" उहाँले दीर्घकालीन सानोदारीमा NAIMA को निरन्तर प्रतिबद्धता प्रशंसनीय रहेको बताउनुभयो ।

NAIMA बध्यक्ष श्रीमती ऋतु सिंह वैद्यले NAIMA को दृष्टिकोण "Empowering Growth through Mobility" अनुरूप सडक सुरक्षा प्रबर्द्धन, उपभोक्ता शिक्षा सचेतना, दक्ष मानवस्रोत विकास तथा नीति पैरबीमा संस्था निरन्तर सक्रिय रहेको बताउनुभयो। उहाँने यो दीर्घकालीन सहकार्यले ट्राफिक प्रहरीको क्षमता विकासमार्फत सड़क सुरक्षा सुदृद्ध गर्दै नागरिकमैत्री सेवा प्रवाह सुधार गर्न महत्वपूर्ण योगदान पुन्याउने विश्वास व्यक्त गर्नुभयो।

NAIMA का बोर्ड सदस्य तथा Road Safety & Infrastructure Enhancement Committee का संयोजक सौरभ ज्योतिले यो दीर्घकालीन तालिम कार्यक्रम सडक सुरक्षा, जनचेतना तथा पूर्वाधार सु‌द्धीकरणसँग प्रत्यक्ष जोडिएको बताउनुभयो। उहांले यसले सुरक्षित सडक संस्कृतिको विकाससँगै मानवस्रोत सुदृ‌ढीकरण मार्फत दीगो मोबिलिटी प्रवर्द्धनमा योगदान पुयाउने उल्लेख गर्नुभयो ।

NAIMA का कार्यकारी निदेशक राजकुमार दुलालले तालिम कार्यक्रमले नयां तथा उदीयमान सवारी प्रविधिबारे सहभागीनाई अभिमुखीकरण गर्ने मात्र नभई दैनिक सेवा प्रवाहमा आवश्यक व्यवहारकुशल सीपहरू (Soft Skills) समेत सुदुद्ध गर्ने गरी तयार गरिए‌को बताउनुभयो। उहांले आवश्यकता र मागअनुसार सरोकारवालालाई प्रशिक्षित गर्ने यस्ता कार्यक्रमहरु NAIMA का रणनीतिक प्राथमिकताहरुमध्ये रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

Comment
Share 14 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 37 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka
Kinmel Chautari