evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य विस्तार गर्ने सहमति

08-Jul-2026 04:55
397
Share 1 नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य विस्तार गर्ने सहमति
  • Share
      नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य विस्तार गर्ने सहमति
      नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य विस्तार गर्ने सहमति
  • Message

    Send Message

  • Call
  • Whatsapp

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा जनचेतना अभिवृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

आज असार १ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेसँग भेट गरी उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएका विभिन्न चुनौती र समाधानका उपायबारे विस्तृत छलफल गरेको हो।

भेटका क्रममा एसएसपी काफ्लेले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी कार्यालय र नाडाबीच दीर्घकालीन तथा रचनात्मक सहकार्य आवश्यक रहेको बताए। उनले काठमाडौं उपत्यकाभित्र ठूला क्षमताका मोटरसाइकलको संख्या बढ्दै गएको उल्लेख गर्दै स्कुटरको तुलनामा मोटरसाइकल दुर्घटनाको दर बढी देखिएको तथ्य प्रस्तुत गरे।

उनले राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नाडाले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिँदै कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिमा आधारित स्मार्ट ट्राफिक लाइट व्यवस्थापन प्रणालीका लागि पनि पहल गर्नुपर्ने धारणा व्यक्त गरे।

एसएसपी काफ्लेले सवारी साधन खरिद गर्ने प्रत्येक ग्राहक, सर्भिस सेन्टर तथा पहिलो पटक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने व्यक्तिहरूलाई ट्राफिक नियमसम्बन्धी करिब एक घण्टाको छोटो अभिमुखीकरण तालिम उपलब्ध गराउने व्यवस्था गर्न सके ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नाडाका अध्यक्ष उप्रेतीले ट्राफिक प्रहरी कार्यालयसँग विगतदेखि हुँदै आएको सहकार्यको चर्चा गर्दै आगामी स्वर्ण महोत्सवको अवसरमा आयोजना हुने विशेष कार्यक्रमहरूबारे जानकारी गराए। उनले नाडाको ५०औँ वार्षिक साधारणसभा तथा स्वर्ण महोत्सवको अवसरमा असार १३ गतेदेखि १९ गतेसम्म राजधानीमा विभिन्न कार्यक्रमहरू आयोजना गरिने जानकारी दिँदै कार्यक्रमलाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरी कार्यालयको सहयोग आवश्यक रहने बताए।

उप्रेतीले नाडाले स्टिकरमार्फत ट्राफिक जनचेतनामूलक अभियान सञ्चालन गर्ने तयारीसमेत गरेको जानकारी दिए।त्यसैगरी, नाडाका महासचिव मिलनबाबु मल्लले ट्राफिक प्रहरी कार्यालयसँग विगतदेखि सहकार्य गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

भेटघाट तथा छलफल कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मघेराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाललगायत पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

Comment
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 30 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari