evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

यामाहा नेपालले WT20I त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजन गर्ने

03-Feb-2025 07:54
704
Share 24 यामाहा नेपालले WT20I त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजन गर्ने
  • Share
      यामाहा नेपालले WT20I त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजन गर्ने
      यामाहा नेपालले WT20I त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजन गर्ने
  • Message

    Send Message

  • Call
  • Whatsapp

विश्वसनीयता र उत्कृष्टताको पर्याय ब्रान्ड यामाहा नेपालले माघ १७ देखि २५ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने WT20I त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजनको घोषणा गरेको छ। तीन प्रतिस्पर्धी राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच हुने यो प्रतियोगिताका खेलहरू दिउँसो १२:१५ बजे सुरु हुनेछन्।

जोश, शुद्धता र शक्तिलाई मूर्त रूप दिने ब्रान्ड यामाहा नेपालको क्रिकेटसँगको सम्बन्धले देशमा खेलकुद र युवा संलग्नतालाई सघाउने विश्वास गरिएको छ। नेपालमा लोकप्रिय खेलहरूमध्येको एक क्रिकेट यामाहा जस्तो गतिशील ब्रान्डसँग जोडिँदा युवा महिला खेलप्रेमीहरूलाई आत्मविश्वास र दृढ संकल्पका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरणा मिल्ने छ।

WT20I त्रिकोणात्मक शृङ्खलाको बारेमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, “यामाहा सधैं खेलभावना, प्रदर्शन र क्षमता अबिवृद्धिमा विश्वास गर्दछ। हाम्रा यी मूल्यहरू यामाहा राइडर र क्रिकेट प्रशंसक दुवैसँग दृढतापूर्वक प्रतिध्वनित हुन्छन्। हामी WT20I त्रिकोणात्मक शृङ्खलाको टाइटल प्रायोजक हुन र नेपालमा क्रिकेटको विकासमा योगदान पुर्‍याउन पाउँदा उत्साहित छौं। यो साझेदारीले खेलकुदलाई सशक्त बनाउने र उत्कृष्टताको संस्कृतिलाई बढावा दिनेछ।”

WT20I त्रिकोणात्मक शृङ्खला २०२५ मा तीन अन्तर्राष्ट्रिय टोलीहरू बीचको तीव्र प्रतिस्पर्धाले नेपालमा विश्वस्तरीय क्रिकेटको रोमान्च भित्र्याउने निश्चित छ। यामाहा नेपालको संलग्नतासँगै यो शृंखलाले क्रिकेटप्रेमी, यामाहा प्रशंसक र खेलकुद प्रेमीहरू सबैलाई सहभागी गराई गति, शिल्प र खेलभावनाको रोमाञ्चक संयोजन सिर्जना गर्नेछ।

यामाहा नेपालद्वारा सञ्चालित अविस्मरणीय क्षणहरूले भरिपूर्ण रोमाञ्चक प्रतियोगिताको लागि तयार रहनुहोस्!

अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र असाधारण विश्वसनीयताका लागि परिचित यामाहा एमएडब्लू राइड्स अन्तर्गतको नेपालको अग्रणी दुईपाङ्ग्रे ब्रान्ड हो। नवीनता र ग्राहक सन्तुष्टिप्रति बलियो प्रतिबद्धताका साथ यामाहा देशभरका सवारहरूको लागि मनपर्ने विकल्प बनेको छ।

Comment
Share 14 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 37 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka
Kinmel Chautari