evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

भारतमा नाडा प्रतिनिधिमण्डल र ईईपीसीको भेटवार्ता

03-Feb-2025 10:14
334
Share 6 भारतमा नाडा प्रतिनिधिमण्डल र ईईपीसीको भेटवार्ता
  • Share
      भारतमा नाडा प्रतिनिधिमण्डल र ईईपीसीको भेटवार्ता
      भारतमा नाडा प्रतिनिधिमण्डल र ईईपीसीको भेटवार्ता
  • Message

    Send Message

  • Call
  • Whatsapp

२०२५ जनवरी १८ मा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको नाडा प्रतिनिधिमण्डलले भारतको राजधानी नयाँ दिल्लीमा भारत सरकारका वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ्क एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (ईईपीसी) राष्ट्रिय अध्यक्ष पंकज चड्डासँग द्विपक्षीय व्यापार विस्तारको विषयमा पहिलो चरणको छलफल सम्पन्न गरेको छ।

छलफलमा नेपाल र भारतबीचको व्यापार सम्झौतालाई थप प्रभावकारी बनाउने, आयात-निर्यात सुदृढ गर्ने, अटोमोबाइल कम्पोनेन्ट, स्पेयर पार्ट्स, र विद्युतीय सवारी साधनको विकासमा सहकार्यका सम्भावनाहरू खोजी गरियो।

दुबै पक्षले दोस्रो चरणको छलफलका लागि मिति तय गरेर ईईपीसीलाई नेपालमा निमन्त्रणा गर्ने सहमति जनाएका छन्।

भारत भ्रमणमा नाडा प्रतिनिधिमण्डल, जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजित भारत मोबिलिटी एक्स्पो अन्तर्गत भइरहेको अटो प्रदर्शनीमा नाडाका केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको प्रतिनिधिमण्डल सहभागी रहेको छ।

छलफलमा ईईपीसीको तर्फबाट पूर्व अध्यक्ष अरुण गारोडिया, सह निर्देशक पल्लवी साह, कार्यकारी निर्देशक तथा सचिव अधिप मित्रा, र निर्देशक नीशिकान्त जुम्दा उपस्थित थिए। नाडाको तर्फबाट अध्यक्ष करण चाधै री, निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, संस्थागत उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, र सहकोषाध्यक्ष पंकज अग्रवाल सहभागी थिए।

व्यापार सुदृढीकरणमा सहकार्य, नेपाल-भारत व्यापारलाई सुदृढ बनाउन नाडा र ईईपीसीबीच सहकार्यको सम्भावनालाई खोज्दै गरिएको छलफलले विद्युतीय सवारी साधनको विकास र व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

Comment
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 31 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Gharjagga News