evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नेपालमा DEEPAL S07L सार्वजनिक

03-Feb-2025 10:16
385
Share 12 नेपालमा DEEPAL S07L सार्वजनिक
  • Share
      नेपालमा DEEPAL S07L सार्वजनिक
      नेपालमा DEEPAL S07L सार्वजनिक
  • Message

    Send Message

  • Call
  • Whatsapp

माघ ५- नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले आफ्नो सफल इलेक्ट्रिक एसयूभी DEEPAL S07L को अपग्रेडेड र थप शक्तिशाली संस्करण DEEPAL S07L सार्वजनिक गरेको छ।

एक विशेष कार्यक्रममा दिपलका ब्रान्ड एम्बेसडर पारस खड्का, एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, र एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा यो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरे।

नयाँ DEEPAL S07L १६० किलोवाटको रियर ह्विल ड्राइभ र ७९.९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले सिंगल चार्जमा ४८५ किलोमिटरको डब्लुएलटीपी रेन्ज प्रदान गर्नेछ।

यस इलेक्ट्रिक एसयूभीको टप स्पिड १८० किलोमिटर प्रति घन्टा रहेको छ भने ० देखि १०० किलोमिटर प्रति घन्टा को रफ्तार ६.६ सेकेन्डमा हासिल गर्नेछ।

DEEPAL S07Lको बोल्ड एक्सटेरियर, फ्रेमलेस डोर, र २० इन्चका ठूला टायरले गाडीलाई थप आकर्षक बनाएको छ।

क्याबिनमा क्वालकम स्न्यापड्रागन ८१५५ चिपजडित १५.६ इन्चको सनफ्लावर टचस्क्रिन रहेको छ, जसले इन्फोटेनमेन्ट र भेइकल कन्ट्रोललाई अझ सहज बनाएको छ।

यसमा थपिएका अत्याधुनिक फिचरहरू:

अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले

जेस्चर कन्ट्रोल

वेलकम सिट

एडभान्स्ड सेफ्टी ड्राइभिङ

एडास २.५

सुरक्षाका लागि:

एआईसीसी एडाप्टिभ क्रुज कन्ट्रोल

एक्टिभ इमर्जेन्सी ब्रेकिङ

ब्लाइन्ड स्पट मोनिटरिङ

३६० डिग्री प्यानोरामिक क्यामेरा

DEEPAL S07Lको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, १५ दिनसम्मको लागि ३ लाख रुपैयाँ छुट उपलब्ध गराइने हुँदा ग्राहकहरूले यो इलेक्ट्रिक एसयूभी ८१ लाख ९९ हजार रुपैयाँमै किन्न सक्नेछन्।

DEEPAL S07 हालसम्म ७०० भन्दा बढी युनिट बिक्री भइसकेको छ।

अपग्रेडेड DEEPAL S07Lले उच्च पर्फमेन्स, विस्तारित रेन्ज, र अत्याधुनिक ड्राइभिङ अनुभव प्रदान गर्दै नेपाली अटोमोबाइल बजारमा नयाँ मानक स्थापित गर्ने विश्वास गरिएको छ।

Comment
Share 13 नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा लन्च, मूल्य ४५.९० लाखदेखि सुरु | Skoda Kylaq Launched in Nepal
  • Share
      नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा लन्च, मूल्य ४५.९० लाखदेखि सुरु | Skoda Kylaq Launched in Nepal
      नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा लन्च, मूल्य ४५.९० लाखदेखि सुरु | Skoda Kylaq Launched in Nepal
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
  • Share
      नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
      नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Arabikaka