evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY
test Header

पोखरामा ३ दिने ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आजबाट सुरु

03-Feb-2025 10:18
59
Call WhatsApp
Share 2 पोखरामा ३ दिने ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आजबाट सुरु
  • Share
      पोखरामा ३ दिने ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आजबाट सुरु
      पोखरामा ३ दिने ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आजबाट सुरु
  • Message

    Send Message

  • Call
  • Whatsapp

२०८१ माघ ५, शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनको सहकार्यमा पोखरामा ३ दिने ‘पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आजबाट सुरु भएको छ। यो अटोमोबाइल प्रदर्शनी माघ ७ गतेसम्म पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा जारी रहनेछ।

निसान, ओमोडा एन्ड जेइको, र जिकर ब्रान्डका लागि अधिकृत डिलर ‘एलिट मोटर्स प्रालि’ तथा लिपमोटर र सिट्रन ब्रान्डका लागि अधिकृत डिलर ‘एसएसएल मोटर्स कम्पनी’ द्वारा आयोजित यस कार्यक्रममा सहभागीहरूले विभिन्न सवारीसाधनहरूको अवलोकन र टेस्ट-ड्राइभ गर्न सक्नेछन्।

साथै, ग्राहकहरूले आकर्षक छुट, एक्सचेन्ज बोनस, र प्रतिस्पर्धात्मक ब्याजदरमा ८० प्रतिशतसम्मको फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन्।

शारडा ग्रुपले ओमोडा, जेइको, जिकर (इभी सेग्मेन्ट),

Sponsor Ad.

Ad space

र निसान म्याग्नाइट (पेट्रोल संस्करण) का पछिल्ला मोडलहरू प्रदर्शन गरिरहेको छ भने गोल्छा अर्गनाइजेसनले लिपमोटर र सिट्रन इ-सि-३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनहरू प्रदर्शन गरिरहेको छ।

विद्युतीय सवारी खरिद गर्ने ग्राहकहरूका लागि नि:शुल्क ७ किलोवाटको वाल चार्जर प्रदान गरिने जनाइएको छ।

सहभागीहरूले पुराना गाडीहरूको एक्सचेन्ज गर्दा आकर्षक बोनसको लाभ उठाउन सक्नेछन्। साथै, हरेक सवारी साधनको खरिदमा नि:शुल्क एक्सेसरिज र ‘अटो प्लस इन्सुरेन्स’ उपलब्ध गराइनेछ।

यो कार्निभलले अटोमोबाइल क्षेत्रका नवीनतम मोडलहरूको टेस्ट-ड्राइभ, विशेष छुट, र प्रतिस्पर्धात्मक डिलका लागि आकर्षक अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।

शारडा ग्रुप र गोल्छा अर्गनाइजेसन दुवै नेपाली अटोमोबाइल उद्योगका अग्रणी नामहरू हुन्। यी समूहहरूले अटोमोबाइल क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएका छन्।

पोखरामा आजबाट सुरु भएको यस ३ दिने ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ मा अटोमोबाइलप्रेमीहरूले सहभागिता जनाउन सक्नेछन्।

Comment
Share 7 शान्तिपूर्ण बिरोधमा सरकारी दमनबाट प्राण गुमाएका युवाप्रति श्रद्धाञ्जली र सरकारको कडा विरोध।
  • Share
      शान्तिपूर्ण बिरोधमा सरकारी दमनबाट प्राण गुमाएका युवाप्रति श्रद्धाञ्जली र सरकारको कडा विरोध।
      शान्तिपूर्ण बिरोधमा सरकारी दमनबाट प्राण गुमाएका युवाप्रति श्रद्धाञ्जली र सरकारको कडा विरोध।
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka