evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नागपोखरीमा डोङफेङ नामीको अत्याधुनिक शोरुम उद्घाटन

03-Feb-2025 10:35
380
Share 14 नागपोखरीमा डोङफेङ नामीको अत्याधुनिक शोरुम उद्घाटन
  • Share
      नागपोखरीमा डोङफेङ नामीको अत्याधुनिक शोरुम उद्घाटन
      नागपोखरीमा डोङफेङ नामीको अत्याधुनिक शोरुम उद्घाटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

नक्सालको नागपोखरीमा डोङफेङ नामीको नयाँ अत्याधुनिक शोरुमको भव्य उद्घाटन गरिएको छ। एमएडब्ल्यू वृद्धि मोटर्स प्रा.लि. द्वारा आयातित यो ब्रान्डले नेपालमा सवारी साधनको क्षेत्रमा नयाँ आयाम थपेको छ। यस अवसरमा नामीले सीमित समयका लागि विशेष अफरहरू सहितको मेगा टेस्ट ड्राइभ क्याम्पको पनि घोषणा गरेको छ।

डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र बिजनेस हेड प्रशन्न पन्तसहितका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको समारोहमा शोरुमको उद्घाटन गरिएको थियो। नामीका ग्राहक, मिडियाकर्मीहरू र अन्य विशिष्ट व्यक्तिहरूको बाक्लो सहभागिताले यो कार्यक्रमलाई झन् विशेष बनायो।

डोङफेङ नामीले नेपालमा छोटो समयमै उल्लेखनीय लोकप्रियता हासिल गरेको छ। अगस्ट २०२४ मा वाइल्ड रिपर्ज, सबिन राई र फारोको प्रस्तुति तथा फेसन शो सहितको सुरुवातपछि, नामीले एक महिनामै ४०० भन्दा बढी ग्राहक हासिल गरेको छ।

नयाँ शोरुमको उद्घाटनले नामीका ग्राहकहरूसँग खुसीयाली साटासाट गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ। उद्घाटनको अवसरमा सिल्भर कलर भेरियन्टको विशेष लन्च गरिएको थियो।

नयाँ शोरुमलाई ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै डिजाइन गरिएको छ। यसले आधुनिक प्रविधि, विशेषज्ञ परामर्श र आफ्टर सेल्स सर्भिसको सन्दर्भमा उत्कृष्ट सेवा प्रदान गर्नेछ। ग्राहकहरूले जानकार कर्मचारीहरूसँग अन्तरक्रिया गर्दै आरामदायी वातावरणमा नामीको प्रत्यक्ष अनुभव लिन सक्नेछन्।

एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले उद्घाटन कार्यक्रममा भने, “नेपालमा हाम्रो अत्याधुनिक शोरुम खोल्न पाउँदा हामी रोमाञ्चित छौं। यसले हाम्रो बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउँछ भन्नेमा हामी विश्वस्त छौं।”

मेगा टेस्ट ड्राइभ क्याम्प, डोङफेङ नामीले जनवरी ११ देखि १६ सम्म नक्सालको नागपोखरीमा मेगा टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्ने घोषणा गरेको छ। यस क्याम्पले सम्भावित ग्राहकहरूलाई नामीको प्रत्यक्ष अनुभव प्रदान गर्नेछ।

क्याम्पका आकर्षणहरूमा ७ किलोवाटको वाल चार्जर, नगद छुट, रोमाञ्चक गिफ्ट ह्याम्पर, र नगरकोटको होटल कन्ट्री भिल्लामा नि:शुल्क नाइट स्टे समावेश छन्। ग्राहकहरूले पुराना गाडी साटेर नयाँ नामी पनि घर लैजान सक्नेछन्।

डोङफेङ नामीले नेपालमा सवारी साधन क्षेत्रको अनुभवलाई नयाँ उचाइमा पुर्याउने आफ्नो प्रतिबद्धता यो उद्घाटन र कार्यक्रममार्फत प्रष्ट पारेको छ।

Comment
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 31 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Gharjagga News