evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नाडा र नाडाका संस्थागत एशोसिएशनविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

03-Feb-2025 11:02
296
Share 8 नाडा र नाडाका संस्थागत एशोसिएशनविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • Share
      नाडा र नाडाका संस्थागत एशोसिएशनविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न
      नाडा र नाडाका संस्थागत एशोसिएशनविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • Message

    Send Message

  • Call
  • Whatsapp

हेटौडामा नाडाका अध्यक्ष करण चौधरीकोप्रमुख आतिथ्यतामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, हेटौडा अटोमोवाइल्स एशोसिएशन र नाडा संस्थागत एशोसिएशनका पदाधिकारी तथा सदस्यविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मिति २०८१ पौष २० गते हेटौडामा सम्पन्न हेटौडा अटोमोवाइल्स एशोसिएशनको२४ औं वार्षिक साधारण सभाको सन्दर्भमा यस्तोअन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।

सो कार्यक्रममा उपस्थित सदस्यहरुले अटोमोवाइल क्षेत्रमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विभिन्न प्रश्न र जिज्ञाशाहरु राख्नु भएको थियो । सो कार्यक्रममा खाशगरी भन्सार विभाग र वाणिज्य विभागले जारी गरेको यम.आर.पी का विषयमा, भन्सार मूल्याङ्कनको समस्या, साफटा अन्तर्गत आएका अटोमोवाइल बस्तुहरु, झोले व्यापारीले पु¥याएको समस्या, मधेश प्रदेशमा विना प्यान नम्बर सञ्चालन ३००० पसलहरुको कारण अन्य व्यवसायीहरुलाई परिरहेको नकारात्मक अषर, भ्याटमा दर्ता भएर राख्नुपर्ने लेखा सम्बन्धी समस्याहरु, सदस्यहरुकोहितका लागि भलाई कोषको व्यवस्था, व्यवसायमा चेक वाउन्सको व्यावहारिक समस्या, अटोमोवाइल् व्यवसायीहरु इन्स्योरेन्समा आवद्ध नहुदाको समस्या र नाडाका प्रदशे एशोसिएशनहरुलाई साधारण सभा सम्पन्न गर्नका लागि पनि नाडालेआर्थिक श्राते को व्यवस्था गरि दिनु पर्ने जस्ता विषयहरुमा विस्तृत छलफल भएको थियो ।

छलफलकोअन्त्यमा नाडाका अध्यक्ष करण चौधरीलेछलफलमा उठेका प्रश्नहरुको प्रत्यत्तु र समेत दिनुभएको थियो भने नाडाका केन्दी्रय कार्य समितिका सदस्य सुिनल रिजालज्युले स्पेयर पार्टस र एम.आर.पीका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा नाडाका महासचिव सुरेन्दकुमार उप्रेतीले नाडा प्रदेशहरुलाई कर, भन्सार र भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रम र सीप विकास सम्बन्धी तालिम कार्यक्रमकोआयोजना गर्न आग्रह गर्दै त्यसका लागि नाडाले आवश्यक सहयोग गर्ने बताउनु भयो । सो अन्तरक्रिया कार्यक्रम नाडाका महासचिव सुरेन्दकुमार उप्रेतीले गर्नु भएको थियो भने कार्यक्रमको समापन हेटौडा अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष ऋषिप्रसाद ढकालले गर्नु भएको थियो ।

सो कार्यक्रममा नाडाका तफबाट संस्थागत सदस्य कलु वहादुर क्षेत्री, केन्दी्रय कार्य समिति सदस्य मेघराज पौडेल, केन्द्रीय कार्य समिति आमन्त्रित सदस्यद्धय नारायणप्रसाद पौडेल र सागर सापकोटाको उपस्थिति रहेको थियो ।

त्यसैगरी हेटौडा अटोमोवाइल्स एशोसिएशनका निबर्तमान अध्यक्ष दामोदर अटल, बरिष्ठ उपाध्यक्ष धर्मराज धिमाल, उपाध्यक्ष जितेन्द्र तिवारी, महासचिव दिपेन्द्रकुमार उप्रेती, सचिव संञ्जयकुमार गुप्ता, कोषाध्यक्ष श्यामप्रसाद कडेल, कार्य समिति सदस्यद्धय उत्तमप्रसाद भण्डारी, सुजन उप्रेती , देवनारायण टुलाल, मनुालराज न्यौपाने, प्रकाश भट्टराई, क्षेत्रिय संयोजक दिपेश खडगीको उपस्थिति रहेको थियो । त्यसैगरी जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राहुल अग्रवाल समेतकोउपस्थिति रहेकोथियो।

अन्तरक्रिया कार्यक्रम सम्पन्न हुनुअघि हेटौडामा नाडाकोइतिहासमा पहिलो पटक नाडा इण्टर प्रोभिन्स लेभल फ्रेण्डली व्याडमिण्टन प्रतियोगिता समेत सम्पन्न गरिएको थियो । कूल ८ टिमविच डवल्स व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएकोमा चितवन अटोमोवाइल्स एशोसिएशनका पूर्व अध्यक्ष अमतृ जोशी र कार्य समिति सदस्य श्रीप्रसाद श्रेष्ठको जोडीले प्रतियोगिता जितेको थियो ।

यस किसिमका कार्यक्रमहरुले नाडा र नाडाका संस्थागत एशोसिएशनहरु विचको सम्बन्ध थप सदुृढ र प्रगाढ हुदै जाने विश्वास नाडाले लिएको छ । यस्ता कार्यक्रमहरु नाडाले विगतमा पनि गर्दै आएको र आउदा दिनहरुमा पनि गर्दै जानेछ ।

Comment
Share 31 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News