evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY
test Header

नेपाली बजारमा प्रोटन इमास ७ ईभी कार ल्याउने तयारी, मार्च तेस्रो सातासम्म लन्च हुने

03-Feb-2025 12:12
196
Call WhatsApp
Share 15 नेपाली बजारमा प्रोटन इमास ७ ईभी कार ल्याउने तयारी, मार्च तेस्रो सातासम्म लन्च हुने
  • Share
      नेपाली बजारमा प्रोटन इमास ७ ईभी कार ल्याउने तयारी, मार्च तेस्रो सातासम्म लन्च हुने
      नेपाली बजारमा प्रोटन इमास ७ ईभी कार ल्याउने तयारी, मार्च तेस्रो सातासम्म लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

जगदम्बा मोटर्सले नेपाली बजारमा मलेसियन ब्रान्ड प्रोटनको इलेक्ट्रिक कार प्रोटन इमास ७ भित्र्याउने तयारी गरेको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको यो इलेक्ट्रिक कार अब छिट्टै नेपालमा आउने भएको हो ।

प्रोटन इमास ७ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । यस कारमा एजिस सर्ट ब्लेड ब्याट्री (AEGIS Short Blade Battery) प्रयोग गरिएको छ, जुन लिथियम आइरन फोस्फेट ब्याट्री प्रविधिमा आधारित छ । उक्त ब्याट्री गीली अटोमोबाइलद्वारा विकसित गरिएको हो, जसले छिटो चार्ज हुन सक्ने, परम्परागत ब्याट्रीभन्दा उच्च प्रदर्शन दिने र चिसो मौसममा पनि राम्रो कार्यक्षमता कायम राख्ने विशेषता बोकेको छ ।

प्रोटन

Sponsor Ad.

Ad space

इमास ७ प्राइम मा ४९.५२ किलोवाट आवर (kWh) को एजिस सर्ट ब्लेड ब्याट्री जडान गरिएको छ भने प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर (kWh) ब्याट्री राखिएको छ ।

यस ईभी कारको अर्को प्रमुख विशेषता १२-इन-१ इलेक्ट्रिक ड्राइभ प्रणाली (12-in-1 Electric Drive System) हो, जसले मोटर, पावर इलेक्ट्रोनिक्स, ब्याट्री व्यवस्थापन प्रणाली, अनबोर्ड चार्जर तथा विभिन्न नियन्त्रण एकाइहरूलाई एउटै एकीकृत प्रणालीमा समेटेको छ । यस प्रविधिले जटिलता घटाउँदै गाडीको ऊर्जा हानि कम गर्ने र प्रदर्शन सुधार गर्ने क्षमता प्रदान गर्छ ।

शंकर ग्रुप अन्तर्गत टू ह्विलर तथा फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स ले मार्चको तेस्रो सातासम्म प्रोटन इमास ७ लाई नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

Comment
Share 7 शान्तिपूर्ण बिरोधमा सरकारी दमनबाट प्राण गुमाएका युवाप्रति श्रद्धाञ्जली र सरकारको कडा विरोध।
  • Share
      शान्तिपूर्ण बिरोधमा सरकारी दमनबाट प्राण गुमाएका युवाप्रति श्रद्धाञ्जली र सरकारको कडा विरोध।
      शान्तिपूर्ण बिरोधमा सरकारी दमनबाट प्राण गुमाएका युवाप्रति श्रद्धाञ्जली र सरकारको कडा विरोध।
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka