evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नेपाली बजारमा प्रोटन इमास ७ ईभी कार ल्याउने तयारी, मार्च तेस्रो सातासम्म लन्च हुने

03-Feb-2025 12:12
444
Share 15 नेपाली बजारमा प्रोटन इमास ७ ईभी कार ल्याउने तयारी, मार्च तेस्रो सातासम्म लन्च हुने
  • Share
      नेपाली बजारमा प्रोटन इमास ७ ईभी कार ल्याउने तयारी, मार्च तेस्रो सातासम्म लन्च हुने
      नेपाली बजारमा प्रोटन इमास ७ ईभी कार ल्याउने तयारी, मार्च तेस्रो सातासम्म लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

जगदम्बा मोटर्सले नेपाली बजारमा मलेसियन ब्रान्ड प्रोटनको इलेक्ट्रिक कार प्रोटन इमास ७ भित्र्याउने तयारी गरेको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको यो इलेक्ट्रिक कार अब छिट्टै नेपालमा आउने भएको हो ।

प्रोटन इमास ७ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । यस कारमा एजिस सर्ट ब्लेड ब्याट्री (AEGIS Short Blade Battery) प्रयोग गरिएको छ, जुन लिथियम आइरन फोस्फेट ब्याट्री प्रविधिमा आधारित छ । उक्त ब्याट्री गीली अटोमोबाइलद्वारा विकसित गरिएको हो, जसले छिटो चार्ज हुन सक्ने, परम्परागत ब्याट्रीभन्दा उच्च प्रदर्शन दिने र चिसो मौसममा पनि राम्रो कार्यक्षमता कायम राख्ने विशेषता बोकेको छ ।

प्रोटन इमास ७ प्राइम मा ४९.५२ किलोवाट आवर (kWh) को एजिस सर्ट ब्लेड ब्याट्री जडान गरिएको छ भने प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर (kWh) ब्याट्री राखिएको छ ।

यस ईभी कारको अर्को प्रमुख विशेषता १२-इन-१ इलेक्ट्रिक ड्राइभ प्रणाली (12-in-1 Electric Drive System) हो, जसले मोटर, पावर इलेक्ट्रोनिक्स, ब्याट्री व्यवस्थापन प्रणाली, अनबोर्ड चार्जर तथा विभिन्न नियन्त्रण एकाइहरूलाई एउटै एकीकृत प्रणालीमा समेटेको छ । यस प्रविधिले जटिलता घटाउँदै गाडीको ऊर्जा हानि कम गर्ने र प्रदर्शन सुधार गर्ने क्षमता प्रदान गर्छ ।

शंकर ग्रुप अन्तर्गत टू ह्विलर तथा फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स ले मार्चको तेस्रो सातासम्म प्रोटन इमास ७ लाई नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

Comment
Share 12 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 34 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News