evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY
test Header

बजाज माइलेज च्याम्पियन हुदै: प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमताको प्रदर्शन हुने !

11-Feb-2025 03:32
159
Call WhatsApp
Share 12 बजाज माइलेज च्याम्पियन हुदै: प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमताको प्रदर्शन हुने !
  • Share
      बजाज माइलेज च्याम्पियन हुदै: प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमताको प्रदर्शन हुने !
      बजाज माइलेज च्याम्पियन हुदै: प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमताको प्रदर्शन हुने !
  • Message

    Send Message

  • Call
  • Whatsapp

जनकपुरमा माघ २८ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको हो । जनकपुरको बाह्र बिघास्थित ओम अटोमोबाइल्सले सोमबार यो कार्यक्रम आयोजना गर्ने भएको छ ।

यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकहरु बिच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवद्र्धन गर्ने विश्वास आयोजकको रहेको छ ।

कार्यक्रममा जो कोही मोटरसाइकल चालकहरुले सहभागीता जनाउँन सक्नेछन । माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्दै नेपालका बजाजप्रेमीहरू बीचको

Sponsor Ad.

Ad space

एकताको भावना बिकाश गर्ने कम्पनीको दाबी छ ।

बजाजका मोटरसाइकलहरु मध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकल मा पर्दछ । पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगै आम ग्राहकवर्गमा यो मोटरसाइकल अत्याधिक लोकप्रिय छ । यो मोटरसाइकलको बिशेषता, माइलेजबारे जानकारी दिन यस च्याम्पियनको आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर सुजन चौधरीले बताएका छन् ।

नयाँ पुस्ताले बढी पेट्रोल खर्च गर्ने मोटरसाइकल चलाउँने ट्रेण्ड चलिरहेको बेलामा प्लाटिना मोटरसाइकलको किफायति बारेमा उक्त कार्यक्रमबाट आम जनमानसमा जानकारी हुने कम्पनीको बिश्वास रहेको छ । च्याम्पियनमा आम ग्राहकवर्गलाई पनि सहभागी हुनका लागि अनुरोध गरिएको छ । माइलेज च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ ।

Comment
Share 7 शान्तिपूर्ण बिरोधमा सरकारी दमनबाट प्राण गुमाएका युवाप्रति श्रद्धाञ्जली र सरकारको कडा विरोध।
  • Share
      शान्तिपूर्ण बिरोधमा सरकारी दमनबाट प्राण गुमाएका युवाप्रति श्रद्धाञ्जली र सरकारको कडा विरोध।
      शान्तिपूर्ण बिरोधमा सरकारी दमनबाट प्राण गुमाएका युवाप्रति श्रद्धाञ्जली र सरकारको कडा विरोध।
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka