evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न: प्लाटिना मोटरसाइकलले देखायो ९३.६ किमि प्रति लिटर माइलेज!

11-Feb-2025 03:35
149
Share 5 जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न: प्लाटिना मोटरसाइकलले देखायो ९३.६ किमि प्रति लिटर माइलेज!
  • Share
      जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न: प्लाटिना मोटरसाइकलले देखायो ९३.६ किमि प्रति लिटर माइलेज!
      जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न: प्लाटिना मोटरसाइकलले देखायो ९३.६ किमि प्रति लिटर माइलेज!
  • Message

    Send Message

  • Call
  • Whatsapp

जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । आफ्नो प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न जनकपुरका चालकहरू यस बजाज माइलेज च्याम्पियनमा सहभागी भएका थिए । जनकपुरको बाह्र बिघामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

४०० भन्दा बढिको उपस्थिती रहेको उक्त माइलेज च्याम्पियनमा १०२ जना प्लाटिना राइडरहरुले सहभागिता जनाएका थिए । उक्त माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए ।

माइलेज च्याम्पियनमा मोहन कुमार महतोले ९३.६ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए । त्यस्तै ८८.२ किमि प्रति लिटरको प्रदर्शनका साथ सिद्धान्त प्रसिद शाह दोस्रो स्थानमा रहेका थिए भने ८६.४ किमि प्रति लिटरको प्रदर्शन गर्दै राहुल कुमार शाह तेस्रो स्थानमा रहेका थिए ।

यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै बजाजप्रेमीहरूबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवद्र्धन गरेको छ ।

आम ग्राहकवर्गलाई बजाज प्लेटिनाको माइलेज र विशेषताबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर सुजन चौधरीले बताउनुभयो ।

बजाजका मोटरसाइकलहरु मध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ । पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगै आम ग्राहकवर्गमा यो मोटरसाइकल अत्याधिक लोकप्रिय छ ।

Comment
Share 15 इलेक्ट्रिक स्कूटर किन पेट्रोल स्कूटरभन्दा राम्रो विकल्प हुन सक्छ?
  • Share
      इलेक्ट्रिक स्कूटर किन पेट्रोल स्कूटरभन्दा राम्रो विकल्प हुन सक्छ?
      इलेक्ट्रिक स्कूटर किन पेट्रोल स्कूटरभन्दा राम्रो विकल्प हुन सक्छ?
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 6 kWh के हो? EV चलाउनेहरूले जान्नुपर्ने कुरा | EV Auto Bazar
  • Share
      kWh के हो? EV चलाउनेहरूले जान्नुपर्ने कुरा | EV Auto Bazar
      kWh के हो? EV चलाउनेहरूले जान्नुपर्ने कुरा | EV Auto Bazar
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka