evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न: प्लाटिना मोटरसाइकलले देखायो ९३.६ किमि प्रति लिटर माइलेज!

11-Feb-2025 03:35
359
Share 5 जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न: प्लाटिना मोटरसाइकलले देखायो ९३.६ किमि प्रति लिटर माइलेज!
  • Share
      जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न: प्लाटिना मोटरसाइकलले देखायो ९३.६ किमि प्रति लिटर माइलेज!
      जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न: प्लाटिना मोटरसाइकलले देखायो ९३.६ किमि प्रति लिटर माइलेज!
  • Message

    Send Message

  • Call
  • Whatsapp

जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । आफ्नो प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न जनकपुरका चालकहरू यस बजाज माइलेज च्याम्पियनमा सहभागी भएका थिए । जनकपुरको बाह्र बिघामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

४०० भन्दा बढिको उपस्थिती रहेको उक्त माइलेज च्याम्पियनमा १०२ जना प्लाटिना राइडरहरुले सहभागिता जनाएका थिए । उक्त माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए ।

माइलेज च्याम्पियनमा मोहन कुमार महतोले ९३.६ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए । त्यस्तै ८८.२ किमि प्रति लिटरको प्रदर्शनका साथ सिद्धान्त प्रसिद शाह दोस्रो स्थानमा रहेका थिए भने ८६.४ किमि प्रति लिटरको प्रदर्शन गर्दै राहुल कुमार शाह तेस्रो स्थानमा रहेका थिए ।

यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै बजाजप्रेमीहरूबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवद्र्धन गरेको छ ।

आम ग्राहकवर्गलाई बजाज प्लेटिनाको माइलेज र विशेषताबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर सुजन चौधरीले बताउनुभयो ।

बजाजका मोटरसाइकलहरु मध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ । पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगै आम ग्राहकवर्गमा यो मोटरसाइकल अत्याधिक लोकप्रिय छ ।

Comment
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 31 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka