evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

रुपन्देहीमा नाडा अटोमोवाइल्स एशोसिएशनको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

17-Feb-2025 05:53
405
Share 9 रुपन्देहीमा नाडा अटोमोवाइल्स एशोसिएशनको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • Share
      रुपन्देहीमा नाडा अटोमोवाइल्स एशोसिएशनको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न
      रुपन्देहीमा नाडा अटोमोवाइल्स एशोसिएशनको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • Message

    Send Message

  • Call
  • Whatsapp

बुटवलमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल तथा नाडाका संस्थागत (प्रादेशिक) एशोसिएशनका अध्यक्षहरूबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अटोमोबाइल क्षेत्रका समसामयिक विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सहभागी पदाधिकारी तथा सदस्यहरूले अटोमोबाइल व्यवसायीहरूलाई राज्यस्तरबाट यथोचित सम्मान नदिइएको, सीमापारीबाट प्राविधिज्ञहरू भित्रिनुले साना व्यवसायीहरू प्रभावित भएको, बैंकहरूबाट ऋण पाउन कठिन भइरहेको लगायतका विषयमा चिन्ता व्यक्त गरेका थिए। त्यस्तै, कर प्रणाली, भन्सार मूल्याङ्कन, खुला सिमानाको असर, पुरानो स्टक व्यवस्थापन, नक्कली पार्टसको आयात जस्ता समस्याबारे पनि व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा अध्यक्ष करण चौधरीले सरकार नाडाको मागहरू सम्बोधन गर्न इच्छुक रहेको बताउँदै हालैको अध्यादेशमार्फत केही समस्या समाधान भएको जानकारी दिए। उनले सन्दर्भ मूल्यसूची समयानुकूल बनाउन सरकारलाई निरन्तर आग्रह गरिरहेको तथा प्रधानमन्त्री कार्यालय लगायत सम्बन्धित निकायहरूसँग नियमित संवाद भइरहेको जानकारी गराए।

चौधरीले बङ्गलादेश, भुटान, भारत र नेपालबीचको (BBIN) सम्झौताले नेपाली अटोमोबाइल क्षेत्रमा पर्न सक्ने असरबारे सरकारलाई अवगत गराइसकेको तथा भारतमा आयोजित मोबिलिटी सम्मेलनमा नाडाले नेपालका व्यवसायीहरूका मुद्दा उठाएको जानकारी दिए।

लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेश भट्टराईको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सञ्चालन गरेका थिए भने उपाध्यक्ष राजनबाबु श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए। भर्चुअल माध्यमबाट समेत सम्पन्न सो कार्यक्रममा नाडाका विभिन्न पदाधिकारी तथा अन्य क्षेत्रीय अटोमोबाइल एसोसिएशनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नाडाले यस्ता कार्यक्रमहरू आगामी दिनमा समेत निरन्तर सञ्चालन गर्ने जनाएको छ। यही मिति २०८१ फागुन ३ गते बुटवलमा लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालको चौथो वार्षिक साधारण सभा आयोजना हुन लागेको सन्दर्भमा उक्त अन्तरक्रिया कार्यक्रम राखिएको नाडाले जनाएको छ।

Comment
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 31 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka