evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY
test Header

तौलिहवामा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

17-Feb-2025 14:00
171
Call WhatsApp
Share 13 तौलिहवामा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने
  • Share
      तौलिहवामा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने
      तौलिहवामा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

तौलिहवामा फागुन ७ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाजको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको हो ।

तौलिहवाको बुद्ध पद्म मा.वि, खेल मैदान स्थित केदारनाथ अटोमोवाइल्सले योकार्यक्रम आयोजना गर्नेभएको हो। यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकहरु बिच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवद्र्धन गर्ने विश्वास आयोजकको रहेको छ ।

कार्यक्रममा जो कोही मोटरसाइकल चालकहरुले सहभागीता जनाउन सक्नेछन्। माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गर्नेछन्।

कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्दै नेपालका

Sponsor Ad.

Ad space

बजाजप्रेमीहरू बीचको एकताको भावना बिकाश गर्ने कम्पनीको दाबी छ ।

बजाजका मोटरसाइकलहरु मध्यमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ । पछिल्लोसमय पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगै आम ग्राहकवर्गमा यो मोटरसाइकल अत्याधिक लोकप्रिय छ । यो मोटरसाइकलको विशेषता, माइलेजबारे जानकारी दिन यस माइलेज च्याम्पियनको आयोजना गरिएकोहो ।

नयाँ पुस्ताले बढी पेट्रोल खर्च गर्ने मोटरसाइकल चलाउने ट्रेण्ड चलिरहेको बेलामा प्लाटिना मोटरसाइकलको किफायति बारेमा उक्त कार्यक्रमबाट आम जनमानसमा जानकारी हुने कम्पनीको विश्वास रहेको छ । माइलेज च्याम्पियनमा आम ग्राहकवर्गलाई पनि सहभागी हुनका लागि अनुरोध गरिएको छ । माइलेज च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ ।

Comment
Share 7 शान्तिपूर्ण बिरोधमा सरकारी दमनबाट प्राण गुमाएका युवाप्रति श्रद्धाञ्जली र सरकारको कडा विरोध।
  • Share
      शान्तिपूर्ण बिरोधमा सरकारी दमनबाट प्राण गुमाएका युवाप्रति श्रद्धाञ्जली र सरकारको कडा विरोध।
      शान्तिपूर्ण बिरोधमा सरकारी दमनबाट प्राण गुमाएका युवाप्रति श्रद्धाञ्जली र सरकारको कडा विरोध।
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka