evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

पोखरामा पहिलो पटक ‘नाडा प्रिजेन्ट्स वाडा अटो शो २०२५’, आयोजना हुने

20-Feb-2025 14:52
658
Share 31 पोखरामा पहिलो पटक ‘नाडा प्रिजेन्ट्स वाडा अटो शो २०२५’, आयोजना हुने
  • Share
      पोखरामा पहिलो पटक ‘नाडा प्रिजेन्ट्स वाडा अटो शो २०२५’, आयोजना हुने
      पोखरामा पहिलो पटक ‘नाडा प्रिजेन्ट्स वाडा अटो शो २०२५’, आयोजना हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

नेपाल अटोमोबाइल व्यवसायी संघ (नाडा) र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाडा) को सहकार्यमा

पहिलो पटक पोखरामा ‘नाडा प्रिजेन्ट्स वाडा अटो शो २०२५’ आयोजना हुने भएको छ। आउँदो २०८१ चैत्र १४ देखि १७ गतेसम्म पोखराको प्रदर्शनी केन्द्र, पोखरामा यो भव्य अटो शो सञ्चालन हुने तय भएको छ।

बुकिङ खुल्ला, विविध अटोमोबाइल ब्रान्डको सहभागिता, यस अटो शोका लागि आजदेखि स्टल बुकिङ खुल्ला गरिएको छ। प्रदर्शनीमा दुईपांग्रे, तीनपांग्रे, चारपांग्रे, लाइट कमर्सियल, हेभी कमर्सियल, मेसिनरी इक्विपमेन्ट, वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी, अटो कम्पोनेन्ट्स तथा ग्यारेज उपकरणसम्बन्धी स्टलहरूलाई अलग–अलग समूहमा विभाजन गरि सहभागिताका लागि सहज व्यवस्था मिलाइएको छ।

पहिलो पटक पोखरामा वाडा अटो शो, व्यवसायीलाई नयाँ अवसर, नाडाले गत २०८१ पौष २० गते काठमाण्डौमा वाडाका पदाधिकारी तथा सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम गरी पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्ने निर्णय गरेको थियो। व्यवसायीहरूको सुझाव तथा बजार सर्वेक्षणको आधारमा पोखरामा पहिलो संस्करण आयोजना गर्न लागिएको वाडाका अध्यक्ष दिपेन्द्र कोइराला बताउँछन्।

उनका अनुसार, "अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सिर्जनामा सवारी साधन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ। यस अटो शोले उद्योगी, व्यवसायी, कर्मचारी तथा उपभोक्ताहरूलाई नयाँ प्रविधि, नविनतम् सवारी साधन तथा अन्य अत्याधुनिक सुविधासँग साक्षात्कार गराउनेछ।"

नाडाको दीर्घकालीन योजना – नाडाले सम्भाव्यता अध्ययन गर्दै अन्य प्रदेश एशोसिएसनहरूमार्फत नेपालका अन्य प्रमुख सहरहरूमा पनि अटो शो आयोजना गर्ने योजना बनाएको छ। नाडा प्रिजेन्ट्स वाडा अटो शो २०२५ व्यवसायीहरूका लागि एक उत्कृष्ट प्लेटफर्म बन्ने आयोजकको अपेक्षा छ।

Comment
Share 31 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Kinmel Chautari