evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

टाटा मोटर्सले नेपालमा ल्यायो प्रिमियम इलेक्ट्रिक एसयूभी Curvv.EV, मूल्य ५६.९९ लाख रुपैयाँ

24-Feb-2025 02:08
471
Share 16 टाटा मोटर्सले नेपालमा ल्यायो प्रिमियम इलेक्ट्रिक एसयूभी Curvv.EV, मूल्य ५६.९९ लाख रुपैयाँ
  • Share
      टाटा मोटर्सले नेपालमा ल्यायो प्रिमियम इलेक्ट्रिक एसयूभी Curvv.EV, मूल्य ५६.९९ लाख रुपैयाँ
      टाटा मोटर्सले नेपालमा ल्यायो प्रिमियम इलेक्ट्रिक एसयूभी Curvv.EV, मूल्य ५६.९९ लाख रुपैयाँ
  • Message

    Send Message

  • Call
  • Whatsapp

भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी SUV Curvv.EV नेपाली बजारमा भित्र्याएको छ।

आधुनिक डिजाइन, उन्नत प्रविधि, र स्मार्ट फिचर सहित आएको यो एसयूभीले नेपाली ग्राहकलाई लक्जरीसँगै उत्कृष्ट इलेक्ट्रिक ड्राइभिङ अनुभव प्रदान गर्नेछ।

SUV Curvv.EV मा Permanent Magnet Synchronous Motor जडान गरिएको छ, जसले दमदार ९८ किलोवाट (१३१ एचपी) पावर र २१५ एनएम टर्क उत्पादन गर्छ। यो एसयूभीमा मल्टि-ड्राइभ मोड (Eco, City, Sport) उपलब्ध छ, जसले यात्राको आवश्यकताअनुसार गाडीको प्रदर्शन मिलाउन मद्दत गर्छ।

रेन्ज: SUV Curvv.EV ले ३८० किलोमिटर (इन-मार्केट टेस्टिङ रेन्ज)* प्रदान गर्छ, जसले सहरको दैनिक यात्रा मात्र होइन, लामो दुरीको यात्रालाई पनि सहज बनाउँछ।

SUV Curvv.EV को लम्बाइ ४३१० मिमि, चौडाइ १८१० मिमि, र उचाइ १६३७ मिमि छ। २५६० मिमि को ह्वीलबेस र १८६ मिमि ग्राउन्ड क्लियरेन्सले नेपाली सडकका चुनौतीहरू सहजै पार गर्न सकिने बनाएको छ।

अन्य विशेषताहरू:

बुट स्पेस: ५०० लिटर

टर्निङ रेडियस: ५.३५ मिटर

ब्रेक्स: अगाडि र पछाडि डिस्क ब्रेक (i-VBAC सहित)

सस्पेन्सन:

अगाडि: Independent MacPherson Strut with Coil Spring

पछाडि: Twist Beam with Dual Path Strut

प्रिमियम टायर र एलोय व्हील्स

SUV Curvv.EV मा 215/55 R18 Low Rolling Resistance Tyres प्रयोग गरिएको छ, जसले सवारीलाई स्थिरता र आराम प्रदान गर्छ। साथै, R18 एलोय व्हील्स एयरो इन्सर्ट सहित आएको यो एसयूभी आकर्षक मात्र नभई ऊर्जा-कुशल पनि बनेको छ।

सेफ्टी र स्मार्ट फिचरहरू

SUV Curvv.EV मा डिस्क ब्रेक, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ESP), ६ एयरब्याग, र एडभान्स्ड ड्राइभर असिस्ट सिस्टम (ADAS) सहितका सुरक्षा सुविधाहरू उपलब्ध छन्।

मूल्य र उपलब्धता

SUV Curvv.EV को सुरुवाती मूल्य ५६.९९ लाख रुपैयाँ निर्धारण गरिएको छ। टाटा मोटर्स नेपालका अनुसार, यो एसयूभी सबै प्रमुख टाटा डिलरशिपहरूमा बुकिङ र टेस्ट ड्राइभका लागि उपलब्ध छ।

टाटा मोटर्स नेपालका प्रमुख कार्यकारी अधिकृतले भने: “SUV Curvv.EV ले स्मार्ट, लक्जरी, र इलेक्ट्रिक ड्राइभिङको नयाँ युग सुरु गर्नेछ। हामी नेपाली ग्राहकलाई भविष्यको यातायात अनुभव दिन प्रतिबद्ध छौं।”

SUV Curvv.EV नेपाली बजारमा प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा सुरक्षा, लक्जरी, र प्रदर्शनको उत्कृष्ट संयोजन प्रदान गर्ने बलियो प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ।

Comment
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 31 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Daleykaka