evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नेपालकै ठूलो ईभी कार्निभल: एमएडब्लु वृद्धिले दिपल, नामी र सेरेसका इभीको टेस्ट ड्राइभ र एक्सचेन्ज

27-Feb-2025 13:04
300
Share 14 नेपालकै ठूलो ईभी कार्निभल: एमएडब्लु वृद्धिले दिपल, नामी र सेरेसका इभीको टेस्ट ड्राइभ र एक्सचेन्ज
  • Share
      नेपालकै ठूलो ईभी कार्निभल: एमएडब्लु वृद्धिले दिपल, नामी र सेरेसका इभीको टेस्ट ड्राइभ र एक्सचेन्ज
      नेपालकै ठूलो ईभी कार्निभल: एमएडब्लु वृद्धिले दिपल, नामी र सेरेसका इभीको टेस्ट ड्राइभ र एक्सचेन्ज
  • Message

    Send Message

  • Call
  • Whatsapp

नेपालमा दिपल, नामी, र सेरेसका आधिकारिक वितरक एमएडब्लु वृद्धिले देशकै सबैभन्दा ठूलो इलेक्ट्रिक भेहिकल (ईभी) कार्निभल आयोजना गर्ने भएको छ। उक्त कार्निभल फागुन १८ देखि २१ गतेसम्म काठमाडौं उपत्यकाको अमरपाली बैंक्वेट, नक्सालमा हुनेछ भने, विराटनगरमा कञ्चनजङ्घा बैंक्वेटमा पनि सोही अवधिमा कार्यक्रम सञ्चालन गरिनेछ।

बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने यस कार्निभलमा सहभागीहरूले नेपालमा चर्चित इलेक्ट्रिक गाडीहरूको टेस्ट ड्राइभ गर्न सक्नेछन्। ग्राहकहरूका लागि अभूतपूर्व अफरहरू समेत उपलब्ध गराइनेछ।

भर्खरै सार्वजनिक भएको ट्रान्सफर्मर एसयूभीको अनुभव

यस कार्निभलमा सहभागीहरूले हालै नेपालमा सार्वजनिक गरिएको संसारकै पहिलो ट्रान्सफर्मर एसयूभी अनुभव गर्न सक्नेछन्, जुन एकै बटन थिचेर एसयूभीबाट पिकअप ट्रकमा परिणत गर्न सकिन्छ। साथै, ग्राहकहरूले दिपलका चर्चित मोडलहरू – एस०७, एस०७एल, एल०७ तथा नामी बक्स र सेरेस थ्रीको टेस्ट ड्राइभको अवसर प्राप्त गर्नेछन्।

ग्राहकका लागि विशेष अफरहरू

एमएडब्लु वृद्धि ईभी कार्निभलमा ग्राहकहरूले विभिन्न आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन्, जसमा:

✅ आकर्षक क्यास डिस्काउन्ट

✅ एक्सचेन्ज बोनस

✅ फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज

✅ फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स

✅ पुरानो गाडीको उच्चतम पुनर्मूल्यांकन (रिकन्डिसन भ्यालु)

साथै, हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा ग्राहकहरूका लागि विशेष उपहारको व्यवस्था गरिएको छ।

चांगानको हन्टर पिकअप १० लाख डाउनपेमेन्टमा उपलब्ध

कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्ले गरिनेछ। ग्राहकहरूले मात्र १० लाख रुपैयाँ डाउनपेमेन्टमा यो आकर्षक पिकअप खरिद गर्न सक्नेछन्।

लक्जरी उपहार र बम्पर लक्की ड्र

यस कार्निभलमा बुकिङ गर्ने भाग्यशाली जोडीले नगरकोटस्थित कन्ट्री भिल्लामा फ्रि नाइट स्टे जित्ने मौका पाउनेछन्।

त्यसैगरी, बुकिङ गर्ने मध्येबाट एक जनाले बम्पर लक्की ड्र मार्फत नयाँ आईफोन १६ प्रो म्याक्स जित्ने अवसर पाउनेछन्।

संगीत र रिफ्रेसमेन्ट सहितको रमाइलो माहोल

कार्निभलमा रिफ्रेसमेन्ट र प्रत्यक्ष संगीतको समेत व्यवस्था गरिनेछ, जसले कार्यक्रमलाई अझ रोमाञ्चक बनाउनेछ।

नेपालको अटो बजारमा दिपल, नामी र सेरेसको उच्च माग रहेको छ। आधुनिक प्रविधि र आकर्षक डिजाइनका कारण यी ब्रान्डहरूले छोटो समयमा ग्राहकहरूको मन जित्न सफल भएका छन्।

इभीप्रेमीहरूका लागि सुनौलो अवसर

नेपालका इभीप्रेमीहरूका लागि यो कार्निभल एक सुनौलो अवसर हुनेछ, जहाँ उनीहरूले आफ्नो रोजाइको ईभी गाडीको टेस्ट ड्राइभ गर्न, नयाँ प्रविधि अनुभव गर्न, र विशेष छुटसहित ईभी खरिद गर्न सक्नेछन्।

कार्निभलमा सहभागी हुनका लागि ग्राहकहरूलाई फागुन ५ गतेभित्र अनलाइन वा सोरुमहरूमा दर्ता गर्न आग्रह गरिएको छ।

Comment
Share 3 नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
  • Share
      नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
      नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा लन्च, मूल्य ४५.९० लाखदेखि सुरु | Skoda Kylaq Launched in Nepal
  • Share
      नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा लन्च, मूल्य ४५.९० लाखदेखि सुरु | Skoda Kylaq Launched in Nepal
      नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा लन्च, मूल्य ४५.९० लाखदेखि सुरु | Skoda Kylaq Launched in Nepal
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka