evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नेपालमा एलएस अटोको इलेक्ट्रिक एसयूभी एलईभी ०१ भित्रियो, ५०० किमी रेन्जसहितको प्रिमियम ईभी

04-Mar-2025 04:38
434
Share 13 नेपालमा एलएस अटोको इलेक्ट्रिक एसयूभी एलईभी ०१ भित्रियो, ५०० किमी रेन्जसहितको प्रिमियम ईभी
  • Share
      नेपालमा एलएस अटोको इलेक्ट्रिक एसयूभी एलईभी ०१ भित्रियो, ५०० किमी रेन्जसहितको प्रिमियम ईभी
      नेपालमा एलएस अटोको इलेक्ट्रिक एसयूभी एलईभी ०१ भित्रियो, ५०० किमी रेन्जसहितको प्रिमियम ईभी
  • Message

    Send Message

  • Call
  • Whatsapp

नेपालको इलेक्ट्रिक सवारी साधन बजारमा एलएस अटोको नयाँ इलेक्ट्रिक एसयूभी एलईभी ०१ भित्रिएको छ। चीनको प्रसिद्ध डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गत एलएस अटोले उत्पादन गरेको यो इलेक्ट्रिक गाडी नेपालका लागि नेक्सन भेन्चर ले आधिकारिक रूपमा भित्र्याएको हो।

एलएस अटो : नविनतम प्रविधिसहितको ईभी निर्माता

एलएस अटो विश्वको एक प्रमुख ईभी निर्माता कम्पनी हो, जसले २५ वर्षदेखि अटोमोबाइल डिजाइन, अनुसन्धान, विकास, र परीक्षण उत्पादन गर्दै आएको छ। कम्पनीले चीन, टर्की, इजिप्ट, नाइजेरिया, कजाकिस्तान लगायत ११ देशमा आफ्नो उपस्थिति जनाइसकेको छ।

एलईभी ०१ : ५०० किमी रेन्ज दिने शक्तिशाली ईभी

नेपाल भित्रिएको एलईभी ०१ इलेक्ट्रिक एसयूभीमा ६७.१२ किलोवाट आवर क्षमताको ब्याट्री छ, जसले ५०० किलोमिटर रेन्ज प्रदान गर्छ।

यस ईभीमा ९९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर छ, जसले ३०० न्यूटन मिटर टर्क उत्पन्न गर्न सक्छ। २१० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो गाडी नेपाली बाटोमा उपयुक्त रहनेछ।

एलईभी ०१ को विशेषता : सुरक्षादेखि लक्जरी इन्टेरियरसम्म

एलईभी ०१ इलेक्ट्रिक एसयूभीमा सुरक्षादेखि लक्जरी इन्टेरियरसम्मका विशेषताहरू समावेश छन् :

✔ युरो एनक्याप ५-स्टार क्र्यास टेस्ट सुरक्षा रेटिङ

✔ १० वटा एयरब्यागसहित एबीएस, ईबीडी, ईएसपी, ट्र्याक्सन कन्ट्रोल जस्ता सुरक्षा फिचरहरू

✔ ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, इलेक्ट्रिक एड्जस्टेबल सिट, मल्टी ड्राइभ मोड, इलेक्ट्रिक टेलगेट

✔ प्यानोरामिक सनरूफ, मल्टीकलर एम्बियन्ट लाइट, १२.३ इन्चको डिजिटल ड्यासबोर्ड इन्टरफेस

नेपालमा एलईभी ०१ को मूल्य, नेक्सन भेन्चरले नेपालमा एलईभी ०१ को स्ट्यान्डर्ड एडिसन (SE) को मूल्य ६१.९५ लाख रुपैयाँ र कम्फर्ट एडिसन (CE) को मूल्य ६९.९५ लाख रुपैयाँ तोकेको छ।

नेपालभर चार्जिङ स्टेशन विस्तार, नेपालमा एलएस अटोले काठमाडौँको बालुवाटार र बालकुमारी, ललितपुर मा शोरूम स्थापना गरिसकेको छ। साथै, मनमैजुमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको छ। कम्पनीले देशभर चार्जिङ स्टेशनहरू विस्तार गर्ने योजना बनाएको छ।

एलएस अटोले उत्पादन गर्ने एलईभी ०३ र एलईभी ०५ मोडेलहरू पनि सन् २०२५ मा लन्च गर्ने तयारी गरेको छ। यी एसयूभीहरू राइट ह्यान्ड ड्राइभ (RHD) र लेफ्ट ह्यान्ड ड्राइभ (LHD) दुबै संस्करणमा उपलब्ध हुनेछन्।

Comment
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 31 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka