evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

यामाहा नेपालद्वारा विशेष अफरहरू सहितको यामाहा मेगा सर्भिस क्याम्पको घोषणा!

04-Mar-2025 10:35
266
Share 15 यामाहा नेपालद्वारा विशेष अफरहरू सहितको यामाहा मेगा सर्भिस क्याम्पको घोषणा!
  • Share
      यामाहा नेपालद्वारा विशेष अफरहरू सहितको यामाहा मेगा सर्भिस क्याम्पको घोषणा!
      यामाहा नेपालद्वारा विशेष अफरहरू सहितको यामाहा मेगा सर्भिस क्याम्पको घोषणा!
  • Message

    Send Message

  • Call
  • Whatsapp

यामाहा नेपालले यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना हुने यामाहा मेगा सर्भिस क्याम्पको साथमा देशभरका यामाहा चालकहरूका लागि एक रोमाञ्चक अवसर ल्याएको छ। दक्ष, विशेषज्ञ सेवा र यामाहा ग्राहकहरूका लागि आकर्षक अफरहरू सुनिश्चित गर्न यो विशेष सर्भिस क्याम्प ल्याएको हो।

यामाहा मेगा सर्भिस क्याम्पको अवधिमा ग्राहकहरूले निम्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन्:

● उत्कृष्ट इन्जिन कार्यसम्पादनको लागि यामा ल्यूबमा १५% छुट

● टिकाउपन र विश्वसनीयता सुनिश्चित गर्न जेनुइन स्पेयर पार्ट्समा १०% छुट

● लेबर चार्जेजमा ५०% छुट

● सुरक्षा र दक्षता बढाउन १५ पोइन्ट चेक-अप

● नि:शुल्क बाइक वाश

● नि:शुल्क एएमसी कार्ड

● सर्भिस क्याम्पमा आउने ग्राहकहरूका लागि गिफ्ट ह्याम्परहरू

नेपालभरि २०० भन्दा बढी अधिकृत सेवा केन्द्रहरू भएको यामाहाले दक्ष प्राविधिकहरू मार्फत् विशेषज्ञ सेवा प्राप्त गर्ने कुरा सुनिश्चित गर्दछ। योसँगै अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधिको साथमा आफ्नो बाइकको उच्चस्तरीय प्रदर्शनका लागि ग्राहकहरूले यामाहा एफआई स्टेशनहरूबाट जेनुइन एफआई हेल्थ रिपोर्ट प्राप्त गर्न सक्नेछन्।

मेगा सर्भिस क्याम्पको उद्घाटन समारोहमा बोल्दै एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दीपक कुमार अग्रवालले भने, हामीलाई उत्कृष्ट सेवा पनि उत्कृष्ट उत्पादन जत्तिकै महत्त्वपूर्ण हुन्छ भन्नेमा विश्वास गर्दछौं। यसर्थ यामाहा मेगा सर्भिस क्याम्प मार्फत् हामी हाम्रा ग्राहकहरूलाई किफायती मूल्यमा विशेषज्ञ हेरचाह र वास्तविक सेवा प्रदान गर्दैछौं। हामी सबै यामाहा चालकहरूलाई यो अवसरको फाइदा उठाउन र आफ्ना बाइकहरूलाई उत्कृष्ट अवस्थामा राख्न आमन्त्रित गर्दछौं।

एमएडब्ल्यू राइड्स अन्तर्गतको यामाहा नेपालको एक अग्रणी दुईपाङ्ग्रे ब्रान्ड हो। यो आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताको लागि प्रसिद्ध छ। नेपालमा बलियो उपस्थिति भएको यामाहाले नवीन उत्पादनहरू र असाधारण आफ्टर सेल्स सर्भिसको साथ बजारको नेतृत्व गरिरहेको छ। यामाहाको गुणस्तरीय सेवा र ग्राहक हेरचाहप्रतिको समर्पणका कारण प्रत्येक सवारले निर्बाध र सुरक्षित सवारी अनुभवको आनन्द लिन सक्नेछन्।

Comment
Share 10 "यामाहा नेपाल"द्वारा "यामाहा ब्लू क्याम्प"को घोषणा: देशव्यापी सर्भिस सप्ताह मार्फत् हरेक यामाहा राइडरले सेवा लिन सक्ने
  • Share
      "यामाहा नेपाल"द्वारा "यामाहा ब्लू क्याम्प"को घोषणा: देशव्यापी सर्भिस सप्ताह मार्फत् हरेक यामाहा राइडरले सेवा लिन सक्ने
      "यामाहा नेपाल"द्वारा "यामाहा ब्लू क्याम्प"को घोषणा: देशव्यापी सर्भिस सप्ताह मार्फत् हरेक यामाहा राइडरले सेवा लिन सक्ने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा: नयाँ वर्षअघि डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफरहरू
  • Share
      एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा: नयाँ वर्षअघि डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफरहरू
      एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा: नयाँ वर्षअघि डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफरहरू
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Gharjagga News