evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

यामाहा नेपालद्वारा विशेष अफरहरू सहितको यामाहा मेगा सर्भिस क्याम्पको घोषणा!

04-Mar-2025 10:35
428
Share 15 यामाहा नेपालद्वारा विशेष अफरहरू सहितको यामाहा मेगा सर्भिस क्याम्पको घोषणा!
  • Share
      यामाहा नेपालद्वारा विशेष अफरहरू सहितको यामाहा मेगा सर्भिस क्याम्पको घोषणा!
      यामाहा नेपालद्वारा विशेष अफरहरू सहितको यामाहा मेगा सर्भिस क्याम्पको घोषणा!
  • Message

    Send Message

  • Call
  • Whatsapp

यामाहा नेपालले यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना हुने यामाहा मेगा सर्भिस क्याम्पको साथमा देशभरका यामाहा चालकहरूका लागि एक रोमाञ्चक अवसर ल्याएको छ। दक्ष, विशेषज्ञ सेवा र यामाहा ग्राहकहरूका लागि आकर्षक अफरहरू सुनिश्चित गर्न यो विशेष सर्भिस क्याम्प ल्याएको हो।

यामाहा मेगा सर्भिस क्याम्पको अवधिमा ग्राहकहरूले निम्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन्:

● उत्कृष्ट इन्जिन कार्यसम्पादनको लागि यामा ल्यूबमा १५% छुट

● टिकाउपन र विश्वसनीयता सुनिश्चित गर्न जेनुइन स्पेयर पार्ट्समा १०% छुट

● लेबर चार्जेजमा ५०% छुट

● सुरक्षा र दक्षता बढाउन १५ पोइन्ट चेक-अप

● नि:शुल्क बाइक वाश

● नि:शुल्क एएमसी कार्ड

● सर्भिस क्याम्पमा आउने ग्राहकहरूका लागि गिफ्ट ह्याम्परहरू

नेपालभरि २०० भन्दा बढी अधिकृत सेवा केन्द्रहरू भएको यामाहाले दक्ष प्राविधिकहरू मार्फत् विशेषज्ञ सेवा प्राप्त गर्ने कुरा सुनिश्चित गर्दछ। योसँगै अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधिको साथमा आफ्नो बाइकको उच्चस्तरीय प्रदर्शनका लागि ग्राहकहरूले यामाहा एफआई स्टेशनहरूबाट जेनुइन एफआई हेल्थ रिपोर्ट प्राप्त गर्न सक्नेछन्।

मेगा सर्भिस क्याम्पको उद्घाटन समारोहमा बोल्दै एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दीपक कुमार अग्रवालले भने, हामीलाई उत्कृष्ट सेवा पनि उत्कृष्ट उत्पादन जत्तिकै महत्त्वपूर्ण हुन्छ भन्नेमा विश्वास गर्दछौं। यसर्थ यामाहा मेगा सर्भिस क्याम्प मार्फत् हामी हाम्रा ग्राहकहरूलाई किफायती मूल्यमा विशेषज्ञ हेरचाह र वास्तविक सेवा प्रदान गर्दैछौं। हामी सबै यामाहा चालकहरूलाई यो अवसरको फाइदा उठाउन र आफ्ना बाइकहरूलाई उत्कृष्ट अवस्थामा राख्न आमन्त्रित गर्दछौं।

एमएडब्ल्यू राइड्स अन्तर्गतको यामाहा नेपालको एक अग्रणी दुईपाङ्ग्रे ब्रान्ड हो। यो आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताको लागि प्रसिद्ध छ। नेपालमा बलियो उपस्थिति भएको यामाहाले नवीन उत्पादनहरू र असाधारण आफ्टर सेल्स सर्भिसको साथ बजारको नेतृत्व गरिरहेको छ। यामाहाको गुणस्तरीय सेवा र ग्राहक हेरचाहप्रतिको समर्पणका कारण प्रत्येक सवारले निर्बाध र सुरक्षित सवारी अनुभवको आनन्द लिन सक्नेछन्।

Comment
Share 31 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka