evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाविच छलफल

05-Mar-2025 04:40
207
Share 3 राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाविच छलफल
  • Share
      राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाविच छलफल
      राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाविच छलफल
  • Message

    Send Message

  • Call
  • Whatsapp

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री शरतसिंह भण्डारीसंग सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको छ ।

सो मन्त्रालयले यही २०८१ फागुन २६ र २७ गते राजधानीमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना गर्न लागेकोे र त्यसको पूर्व तयारीका सन्दर्भमा सो भेटवार्ता सम्पन्न भएको हो ।

उक्त छलफलमा खाशगरी अटोमोवाइल क्षेत्रको तालिमका सम्बन्धमा सहकार्य गर्ने, आवश्यक जनशक्ति निर्माण गर्ने, अटोमोवाइल क्षेत्र वाहिरको सभावनाहरुको पहिचान गर्ने, तालिम केन्द्रहरु स्थापना गर्ने, अन्तर मन्त्रालयहरुविच सहकार्य गर्ने, सहमतीका लागि आन्तरिक र राष्ट्रियस्तरमा गरी दुई तहमा गर्ने जस्ता विभिन्न विषयहरुमा छलफल केन्द्रीत रह्यो ।

उक्त छलफलमा सो मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्कर र सहसचिव दण्डुराज घिमिरेले समेत आफनो धारणा राख्नु भयो । सो भेटघाट तथा छलफलमा अटोमोटिभ स्किल डेवलपमेण्ट काउन्सिल (एयसडिसी) का कार्य समिति सदस्य रितुन्च गुप्ता र प्रमुख कार्यकारी अधिकृत अरिण्डम लाहिरीले समेत आफना धारणाहरु राख्नु भयो ।

सो मन्त्रालयले उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने, आन्तरिक र बैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरुको विश्लेषणगरी आगामी नीतिगत र कानूनी परिमार्जनका लागि सुझाव लिने, श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर—तह÷अन्तर निकाय समन्वय र सहकार्य स्थापना गर्ने सो कार्यक्रमको प्रमुख उद्धेश्य राखेर सो सम्मेलन काठमाण्डौमा आयोजना गर्न लागेको सन्दर्भमा यो भेटघाट तथा छलफल भएको हो ।

यसैगरी सो मन्त्रालयले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालसंग सहकार्य र समन्वय गर्नेछ र साथै सो रोजगार सम्मेलनमा नाडाको एउटा स्टल समेत रहने छ ।

उक्त भेटघाट तथा छलफलमा बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सहकोषध्यक्ष पंकज अग्रवाल केन्द्रिय कार्य समिति सदस्यद्धय कपिल शिवाकोटी, दिपेन्द्रकुमार मिश्रा, नवराज भुसाल, प्रकाश कपुरी, प्रदिपमान प्रधान, अभिक ज्योति, निलमणी पाठक, नविनकुमार पारख, नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा वाडाका अध्यक्ष दिपेन्द्र कोइराला समेतको उपस्थिति रहेको थियो ।

यसै सिलसिलामा आजै नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले सो मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) बीच लागत साझेदारीमा अटोमोवाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा एउटा समझदारी पत्र ९ःइग्० मा हस्ताक्षर गर्ने विषयमा समेत विस्तृत रुपमा छलफल भएको छ । सो कार्यका लागि अटोमोटिभ स्किल डेवलपमेण्ट काउन्सिल (एयसडिसी) ले नाडालाई आवश्यक सहयोग गर्नेछ ।

गत जनवरीको १७ देखि २२ सम्म भारतको नया दिल्लीमा सम्पन्न भारत मोविलिटी २०२५ को सन्दर्भमा नेपालमा दक्ष जनशक्ती तयार गर्न आवश्यक तालिम दिने विषयमा अटोमोटिम कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशन एसिएमए, एयसडिसि र एनएडिए विच त्रिपक्षिय चार बुंदे सझौता समेत सम्पन्न भएको थियो ।

Comment
Share 3 नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
  • Share
      नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
      नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा लन्च, मूल्य ४५.९० लाखदेखि सुरु | Skoda Kylaq Launched in Nepal
  • Share
      नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा लन्च, मूल्य ४५.९० लाखदेखि सुरु | Skoda Kylaq Launched in Nepal
      नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा लन्च, मूल्य ४५.९० लाखदेखि सुरु | Skoda Kylaq Launched in Nepal
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari