evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

बजाज ग्राण्ड एक्सचेन्ज मेला: पुरानो मोटरसाइकल साटेर नयाँ बजाज बाइक, रू. १०,००० अतिरिक्त भ्यालुएसनसहित

05-Mar-2025 06:26
722
Share 39 बजाज ग्राण्ड एक्सचेन्ज मेला: पुरानो मोटरसाइकल साटेर नयाँ बजाज बाइक, रू. १०,००० अतिरिक्त भ्यालुएसनसहित
  • Share
      बजाज ग्राण्ड एक्सचेन्ज मेला: पुरानो मोटरसाइकल साटेर नयाँ बजाज बाइक, रू. १०,००० अतिरिक्त भ्यालुएसनसहित
      बजाज ग्राण्ड एक्सचेन्ज मेला: पुरानो मोटरसाइकल साटेर नयाँ बजाज बाइक, रू. १०,००० अतिरिक्त भ्यालुएसनसहित
  • Message

    Send Message

  • Call
  • Whatsapp

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले हालसम्मकै ठूलो अफर ‘बजाज ग्राण्ड एक्सचेन्ज मेला’ सञ्चालनमा ल्याएको छ। यही फागुन २० देखि २६ गतेसम्म काठमाडौंको बालाजुस्थित मनकामना ट्रेड लिङ्क मा आयोजित एक्सचेन्ज मेलामा ग्राहकहरूले पुरानो मोटरसाइकल साटेर नयाँ बजाज बाइक खरिद गर्न सक्नेछन्।

नयाँ बजाज बाइकका लागि थप रू. १०,००० भ्यालुएसन

कम्पनीका अनुसार, ग्राहकहरूले कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक किन्न सक्नेछन्। साथै, बजाज ग्राण्ड एक्सचेन्ज मेलामा रू. १०,००० को अतिरिक्त भ्यालुएसन प्रदान गरिनेछ।

नागरिकतामै बाइक खरिद, ९.९९% ब्याजदरमा फाइनान्स सुविधा

ग्राहकहरूले मात्र नागरिकताको आधारमा सजिलै बजाज बाइक खरिद गर्न सक्नेछन्। साथै, ९.९९% ब्याजदर र ३६ महिनासम्मको किस्ता सुविधा अन्तर्गत अन-द-स्पट फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ।

विशेष अफर: रू. ७,००० सम्मको नगद छुट र निःशुल्क एसेसरीहरू

बजाज ग्राण्ड एक्सचेन्ज मेलामा सहभागी ग्राहकहरूले रू. ७,००० सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, हेल्मेट, बाइक कभर, लेग गार्ड, ल्यापटप ब्याग जस्ता निःशुल्क एसेसरीहरू पनि प्रदान गरिनेछ।

०% सर्भिस चार्ज सुविधा पनि उपलब्ध

यस एक्सचेन्ज मेलामा ०% सर्भिस चार्जको विशेष सुविधा समेत उपलब्ध गराइनेछ, जसले ग्राहकहरूलाई थप लाभदायी अफर प्रदान गर्ने कम्पनीले जनाएको छ।

बजाज मोटरसाइकल नेपालभर लोकप्रिय ब्रान्ड हो, र हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरूलाई सधैं उत्कृष्ट अफर तथा सुविधा प्रदान गर्दै आएको छ।

Comment
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 31 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka