evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नामीले नेपालमा ५०० भन्दा बढी ईभी बिक्री गर्दै नयाँ कीर्तिमान राख्यो

06-Mar-2025 08:48
589
Share 31 नामीले नेपालमा ५०० भन्दा बढी ईभी बिक्री गर्दै नयाँ कीर्तिमान राख्यो
  • Share
      नामीले नेपालमा ५०० भन्दा बढी ईभी बिक्री गर्दै नयाँ कीर्तिमान राख्यो
      नामीले नेपालमा ५०० भन्दा बढी ईभी बिक्री गर्दै नयाँ कीर्तिमान राख्यो
  • Message

    Send Message

  • Call
  • Whatsapp

नेपाली अटो बजारमा विद्युतीय सवारीसाधनको क्रेज बढ्दै गर्दा डोङफेङ नामीले ५०० भन्दा बढी ईभी बिक्री गर्दै उल्लेखनीय माइलस्टोन हासिल गरेको छ।

नेपालमा ईभी बजारको विस्तारमा महत्वपूर्ण योगदान दिँदै नामीले आफ्नो प्रभाव विस्तार गरिरहेको छ। नामीले परम्परागत कार लन्चभन्दा फरक शैली अपनाउँदै फेसन शो-थीममा आधारित कार्यक्रममार्फत नेपाली बजारमा आफ्नो आगमन घोषणा गरेको थियो। अत्याधुनिक प्रविधि र लक्जरी डिजाइनलाई मिश्रण गर्दै गरिएको यस लन्च इभेन्टले नेपाली अटोमोटिभ उद्योगमा नयाँ ट्रेन्ड स्थापित गरेको थियो।

यसैबीच, एमएडब्लू वृद्धि ईभी कार्निभलको समापन समारोहमा नामीले थप माइलस्टोन हासिल गरेको छ। एक विशेष कार्यक्रममा पाँच जना ग्राहकहरूलाई नयाँ नामी गाडीहरूको साँचो हस्तान्तरण गरिएको छ। हालसम्म नेपालभर ५०० भन्दा बढी नामी कारहरू गुडिरहेका छन्, जसले ब्रान्डलाई नेपाली ईभी बजारमा अग्रणी स्थान दिलाएको छ।

नामीको लोकप्रियता नाडा अटो शोमा पनि देखिएको छ, जहाँ ब्रान्डले ७२० भन्दा बढी बुकिङ प्राप्त गर्दै नयाँ रेकर्ड कायम गरेको छ। नामीका गाडीहरू आकर्षक डिजाइन र उच्च-स्तरीय सुविधाका कारण ग्राहकहरूको प्राथमिक रोजाइ बन्दै गएका छन्। फ्रेमलेस डुअर, मेमोरी सिट, फ्लश डुअर ह्यान्डल, स्लिक फ्ल्याट सर्फेस, लेभल २ एड्याश स्ट्यान्डर्ड सुरक्षा प्रणाली, १२.८ इन्चको इन्फोटेनमेन्ट कन्सोल जस्ता विशेषताहरूले यसलाई अझ आकर्षक बनाएको छ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा नामीले स्मार्ट, स्टाइलिश र दिगो यातायात प्रणालीतर्फ देशलाई अगाडि बढाउने लक्ष्य लिएको छ। ५०० ईभी बिक्रीको यो सफलता केवल एउटा माइलस्टोन मात्र नभई नेपालको ईभी परिदृश्यमा नयाँ युगको सुरुवात समेत हो।

Comment
Share 31 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News