evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

Intro

EV Auto Bazar is Nepal’s leading online automobile platform, bringing you the latest news, expert re read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms & Condition
16

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

24/Dec/2025
जेन–जि आन्दोलनबाट क्षतिग्रस्त DOTM and KVTPO लाई NAIMA को आपतकालीन सहयोग औपचारिक हस्तान्तरण

नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (NAIMA) ले गत भाद्र २३ र २४ गते सम्पन्न जेन–जि आन्दोलनका क्रममा गम्भीर रूपमा क्षतिग्रस्त भएका यातायात व्यवस्था विभाग तथा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई प्रदान गरिएको आपतकालीन सहयोग औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

मंगलबार सम्पन्न हस्तान्तरण कार्यक्रममा NAIMA अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ र कार्यकारी निर्देशक राजकुमार दुलाल सहितको टोलीको उपस्थिति रहेको थियो।

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले आपतकालीन अवस्थामा NAIMA बाट प्राप्त सहयोग अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै सो सहयोगकै कारण विभागले पुनः आफ्नै कार्यालय परिसरबाट सेवा सञ्चालन गर्न सक्षम भएको बताउनुभयो। उहाँले संस्थाप्रति आभार व्यक्त गर्नुभयो।

यसैगरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले NAIMA तथा यसका सदस्यहरूद्वारा प्रदान गरिएको संस्थागत र व्यक्तिगत सहयोगको उच्च प्रशंसा गर्नुभयो। उहाँले स्थापना भएको छोटो समयमै NAIMA ले ट्राफिक प्रहरीसँग दीर्घकालीन सहकार्य र साझेदारी विकास गर्न सफल भएको उल्लेख गर्दै ट्राफिक शिक्षा तथा व्यवस्थापनमा NAIMA लाई भरपर्दो सहयात्रीको रूपमा चित्रण गर्नुभयो।

कार्यक्रममा बोल्दै NAIMA अध्यक्ष रितु सिंह वैद्यले संकटको समयमा सानो भए पनि योगदान गर्न पाउनु गर्वको विषय भएको बताउनुभयो। सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायहरूसँग सहकार्य गर्नु NAIMA को मूल कार्यदृष्टि रहेको र आगामी दिनहरूमा यस्ता सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

NAIMA का कार्यकारी निर्देशक राजकुमार दुलालका अनुसार, सहयोगअन्तर्गत यातायात व्यवस्था विभाग, मीनभवनस्थित मुख्य भवनका सम्पूर्ण झ्याल तथा ढोकाहरूको पुनर्निर्माण गरिएको छ भने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई फर्निचर, फर्निसिङ, कम्प्युटर, प्रिन्टर लगायतका अत्यावश्यक सामग्रीहरू उपलब्ध गराइएको छ।

Share 9 जेन–जि आन्दोलनबाट क्षतिग्रस्त DOTM and KVTPO लाई NAIMA को आपतकालीन सहयोग औपचारिक हस्तान्तरण
  • Share
      message-button
      जेन–जि आन्दोलनबाट क्षतिग्रस्त DOTM and KVTPO लाई NAIMA को आपतकालीन सहयोग औपचारिक हस्तान्तरण
  • Message

    Send Message

  • Call
  • Whatsapp
Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

05/Jul/2026
एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आगामी २०८३ भदौ ९ देखि १४ गतेसम्म आयोजना गर्ने ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ का लागि प्रदर्शनी

स्टलहरूको गोलाप्रथामार्फत बाँडफाँड सम्पन्न गरेको छ।

शुक्रबार नाडा सचिवालयमा आयोजित कार्यक्रममा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य तथा अटो शोमा सहभागी कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा स्टल आवंटन प्रक्रिया सम्पन्न गरिएको हो।

नाडाका अनुसार अटो शोमा सहभागी कम्पनीहरूका लागि यसअघि नै स्टल दर्ता खुला गरिएको थियो। सोही दर्ताका आधारमा पारदर्शी र निष्पक्ष रूपमा गोलाप्रथा सञ्चालन गरी सबै सहभागी कम्पनीलाई स्टल उपलब्ध गराइएको जनाएको छ।

यस वर्षको अटो शोका लागि गोलाप्रथामार्फत १९ वटा प्यासेन्जर भेहिकल, १० वटा दुईपाङ्ग्रे सवारी, १७ वटा लाइट कमर्सियल भेहिकल तथा ७६ वटा साना स्टलमध्ये ४५ वटा अटो कम्पोनेन्ट्स कम्पनीहरूलाई स्टल आवंटन गरिएको नाडाले जनाएको छ।

स्टल आवंटन सम्पन्न भएसँगै सहभागी कम्पनीहरूले आफ्नो प्रदर्शनी तयारीलाई तीव्र बनाउने अपेक्षा गरिएको छ। यस वर्षको नाडा अटो शोमा विद्युतीय सवारीसाधन, पेट्रोल तथा डिजेल सवारी, मोटरसाइकल, अटो पार्ट्स, लुब्रिकेन्ट, टायर, ब्याट्री, वित्तीय सेवा तथा अटोमोबाइलसँग सम्बन्धित विभिन्न उत्पादन तथा सेवाहरू प्रदर्शन हुनेछन्।

कार्यक्रमको समापनमा नाडाका महासचिव मिलनबाबु मल्लले सहभागी सबै कम्पनीप्रति आभार व्यक्त गर्दै सफल अटो शो आयोजना गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

Share 14 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      message-button
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

19/Aug/2025
नाडा अटोशो २०२५: युरो-६ गाडी आयातमा छुटको माग, प्रधानमन्त्री ओलीको सकारात्मक प्रतिक्रिया

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजित नाडा अटोशो २०२५ को उद्घाटन भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको छ। उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद

ढकालले सरकारले लागू गरेको युरो-६ मापदण्ड सकारात्मक भए पनि तत्कालीन कार्यान्वयनले व्यवसायमा समस्या निम्त्याउन सक्ने भन्दै अर्डर भइसकेका युरो-६ भन्दा तलका गाडीहरू एकपटक आयात गर्न अनुमति दिन आग्रह गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले यो मागलाई सकारात्मक रूपमा लिँदै सरकारले यस विषयमा विचार गर्ने बताउनुभयो। उहाँले सरकारले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकासमा जोड दिएको उल्लेख गर्दै लगानी र व्यवसायमा कुनै अवरोध नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष ढकालले नाडा अटोशोले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिएको र यस्ता मेलाले बजार र ग्राहकलाई जोड्ने काम गरेको बताउनुभयो। उहाँले पछिल्लो समय इलेक्ट्रिक गाडीको आयात बढिरहेको, नेपालमा गाडी एसेम्बल उद्योग, डाटा सेन्टर र वातावरणमैत्री उत्पादनको सम्भावना रहेको उल्लेख गर्नुभयो। साथै, सरकारले हालै ३० भन्दा बढी उद्योग र लगानीसम्बन्धी कानुन परिमार्जन गरेको र यसले निजी क्षेत्रप्रति सकारात्मक धारणा बनाएको उहाँको भनाइ थियो। ढकालले विगतका चुनौतीपूर्ण आर्थिक अवस्थापछि बजारमा सुधारका संकेत देखिएको, सवारीसाधनको बिक्री ४० प्रतिशतले बढेको, कर्जा प्रवाह ८.७ प्रतिशतले वृद्धि भएको र बैंकहरूको नाफामा पनि सुधार भएको बताउनुभयो।

उहाँले महासंघको पहलमा १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना भएको र यो कम्पनीले पूर्वाधार, ऊर्जा, पर्यटन र उत्पादनमूलक क्षेत्रमा ४० अर्ब रुपैयाँसम्मका ठूला आयोजनामा लगानी गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो। विदेशी लगानी आकर्षणका लागि भारत, चीन र दुबईमा व्यवसायिक सम्मेलनहरू आयोजना गरिएको र नेपालप्रति विदेशी लगानीकर्ताको चासो बढ्दै गएको उहाँले बताउनुभयो। हालै बनेका कानुन र सम्झौताहरू कार्यान्वयन भएमा विदेशी लगानी अझ सहज हुने उहाँको विश्वास छ।

Share 32 नाडा अटोशो २०२५: युरो-६ गाडी आयातमा छुटको माग, प्रधानमन्त्री ओलीको सकारात्मक प्रतिक्रिया
  • Share
      message-button
      नाडा अटोशो २०२५: युरो-६ गाडी आयातमा छुटको माग, प्रधानमन्त्री ओलीको सकारात्मक प्रतिक्रिया
  • Message

    Send Message

  • Call
  • Whatsapp
Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

02/Jan/2026
Ather ले परिचयपत्रकै आधारमा स्कुटर खरिद गर्न सकिने सरल EMI योजना सार्वजनिक, मासिक किस्ता NPR 6,058 बाट सुरु

नेपालकै नं. १ प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather ले स्कुटर स्वामित्व प्रक्रियालाई अझ सहज बनाउने उद्देश्यसहित नयाँ परिचयपत्र–आधारित EMI योजना सार्वजनिक गरेको छ। यस योजनाअनुसार अब

ग्राहकहरूले कुनै पनि अतिरिक्त वित्तीय कागजात बिना केवल मान्य परिचयपत्र (ID Card) को आधारमा Ather इलेक्ट्रिक स्कुटर खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार EMI योजना NPR 6,058 बाट सुरु हुने भएकाले नेपालमा प्रिमियम इलेक्ट्रिक स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि यो हालसम्मकै सबैभन्दा सरल र पहुँचयोग्य विकल्प बनेको छ।

परिचयपत्रमा आधारित यो वित्तीय सुविधाले EV खरिदमा देखिने कागजी झन्झट र वित्तीय अवरोध हटाउँदै देशभर दिगो तथा स्मार्ट मोबिलिटीलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको Ather ले जनाएको छ।

प्रविधि, प्रदर्शन र ग्राहक अनुभवलाई प्राथमिकतामा राख्दै आएको Ather हाल नेपाली इलेक्ट्रिक दुईपाङ्ग्रे बजारमा अग्रणी ब्रान्डका रूपमा स्थापित छ। बढ्दो ग्राहक मागलाई सम्बोधन गर्न कम्पनीले देशव्यापी सेवा र चार्जिङ पूर्वाधारलाई समेत तीव्र रूपमा विस्तार गर्दै आएको छ।

हाल नेपालमा Ather का

८ वटा Experience Center (काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, पोखरा, इटहरी र बुटवल),

१ Test Ride Zone (बौद्ध, काठमाडौं),

८ वटा अधिकृत सेवा केन्द्र, तथा प्रमुख सहर र राजमार्गहरूमा २७ भन्दा बढी Ather Grid फास्ट चार्जिङ पोइन्टहरू सञ्चालनमा छन्।

स्मार्ट टचस्क्रिन ड्यासबोर्ड, छिटो चार्जिङ क्षमता, ओभर–द–एयर (OTA) सफ्टवेयर अपडेट र उत्कृष्ट राइडिङ अनुभवका कारण Ather नेपाली उपभोक्तामाझ विश्वासिलो इलेक्ट्रिक स्कुटर ब्रान्डको रूपमा चिनिँदै आएको छ।

कम्पनीका अनुसार यो नयाँ पहलले उन्नत प्रविधि, सहज स्वामित्व प्रक्रिया र भरपर्दो पूर्वाधारलाई एकै ठाउँमा जोड्दै नेपालमा इलेक्ट्रिक सवारीसाधनको अपनत्वलाई अझ तीव्र बनाउने Ather को दीर्घकालीन प्रतिबद्धतालाई थप बलियो बनाउनेछ।

Share 9 Ather ले परिचयपत्रकै आधारमा स्कुटर खरिद गर्न सकिने सरल EMI योजना सार्वजनिक, मासिक किस्ता NPR 6,058 बाट सुरु
  • Share
      message-button
      Ather ले परिचयपत्रकै आधारमा स्कुटर खरिद गर्न सकिने सरल EMI योजना सार्वजनिक, मासिक किस्ता NPR 6,058 बाट सुरु
  • Message

    Send Message

  • Call
  • Whatsapp
Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

Bajaj Introduces ‘Khusi Ko Meter’ Campaign in Nepal with Cash Prizes and Exciting Gifts

9 April 2025 | नयाँ वर्ष २०८२ को सुरुवातसँगै नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नयाँ तथा

रोचक क्याम्पेन ‘खुसीको मिटर’ सार्वजनिक गरेको छ।

यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले डिजिटल गेमिङको माध्यमबाट १ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्न सक्नेछन्। साथै, अन्य आकर्षक गिफ्टहरू पनि जित्न पाइने कम्पनीले जनाएको छ।

बजाजले यस वर्ष पहिलोपटक सामाजिक सञ्जालमार्फत खेल्न सकिने अनलाइन गेमिङ अनुभव उपलब्ध गराएको छ, जसमा जो–कोही पनि सहभागी भई घरमै बसेर उपहार जित्न सक्छन्। विजेताले उपहार प्राप्त गर्न कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ।

यस्तै, क्याम्पेनको दोस्रो चरणमा, बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूलाई शोरूममै "खुसीको मिटर" गेम खेल्ने अवसर प्रदान गरिनेछ। उक्त इन–स्टोर डिजिटल स्क्रिन गेममा भाग लिई रु. १ लाखसम्मको नगद पुरस्कार जित्न सकिनेछ।

कम्पनीका आधिकारिक वितरक गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले यस क्याम्पेनबारे प्रतिक्रिया दिँदै भने, “‘खुसीको मिटर’ केवल अफर मात्र होइन, यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल खरिद अनुभवलाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने हाम्रो प्रयास हो।"

उनले थपे, “नयाँ वर्षको सुरुवातमा ग्राहकलाई नयाँ सवारीसाधनसँगै उपहार जित्ने अवसर प्रदान गर्न पाउँदा हामी उत्साहित छौं।"

‘खुसीको मिटर’ क्याम्पेन हाल नेपालभरका सम्पूर्ण बजाज शोरूमहरू तथा बजाजका डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ। कम्पनीले ग्राहकलाई यस अवसरको अधिकतम लाभ लिन आह्वान गरेको छ।

Share 9 Bajaj Introduces ‘Khusi Ko Meter’ Campaign in Nepal with Cash Prizes and Exciting Gifts
  • Share
      message-button
      Bajaj Introduces ‘Khusi Ko Meter’ Campaign in Nepal with Cash Prizes and Exciting Gifts
  • Message

    Send Message

  • Call
  • Whatsapp
Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

20/Sep/2025
भैरहवाका बिनोद यादवले जिते विकली लक्की ड्रमा यामाहा बाइक

यामाहा नेपालले देशभरका यामाहा ग्राहकहरूमा उत्साह भर्न ल्याएको आफ्नो दशैंतिहार विशेष अफर “राइड द ब्लू विद रोडिज” अन्तर्गत पहिलो विकली लक्की ड्रको विजेता घोषणा गरेको छ।

यो ड्र २ असोज, २०८२ मा काठमाडौंको जय नेपाल सिनेमा हल, हात्तीसारमा आयोजित यामाहा ब्लू फेस्ट कार्यक्रममा गरिएको थियो। सो अवसरमा नेपालका चर्चित मोटरसाइकल रेसर श्रीहरि पौडेलले विजेताको नाम सार्वजनिक गरेका थिए।

रकेट उपनामले परिचित २८ वर्षीय श्रीहरि पौडेल व्यवसायिक मोटरसाइकल रेसर हुन्, जो यामाहा नेपालका पनि आधिकारिक रेसर हुन्। उनी नेपाल मोटरस्पोर्ट्स इतिहासका पहिलो गोल्ड मेडल विजेता, नेपाल रोड रेसिङ च्याम्पियनसिपका लगातार पाँच पटकको विजेता र सन् २०२४ का नेसनल च्याम्पियन हुन्।

यस हप्ताको ग्राण्ड उपहारको विजेता भैरहवाका बिनोद यादवले नयाँ यामाहा बाइक जितेका छन्। यामाहाले दशैं अभियान मार्फत निरन्तर रूपमा आफ्ना ग्राहकलाई खुशी दिँदै आएको छ। त्यस अनुरूप यो पनि अर्को एउटा महत्वपूर्ण क्षण हो।

लक्की ड्रका बारेमा एम.ए.डब्लू. राइड्स प्रा.लि.का कार्यकारी निर्देशक तथा सिईओ दीपक कुमार अग्रवालले भने, “यस हप्ताका विजेतालाई म हार्दिक बधाई दिन चाहन्छु। यामाहाले सधैं थ्रिल, लाइफस्टाइल र पर्फर्मेन्सलाई महत्त्व दिने गरेको छ, र ‘यामाहा राइड द ब्लू विद रोडिज’ अभियानमार्फत यो दशैंमा ग्राहकलाई थप खुसी दिन पाउँदा हामी उत्साहित छौं। अझै धेरै लक्की ड्रहरू बाँकी भएकाले सबै दर्ता भएका ग्राहकका लागि यामाहा बाइक जित्ने अवसर उपलब्ध छ।”

“यामाहा राइड द ब्लू विद रोडिज” अभियानमा निम्न अफरहरू रहेका छन्:

- बाइक खरिदअघि नै अधिकतम रु. १ लाखसम्मको नगद उपहार

- बाइक खरिदपछि अधिकतम रु. १० लाखसम्मको नगद उपहार

- हरेक सातामा लक्की ड्रमार्फत १ यामाहा बाइक

- फ्री हेलमेट, ४ वटा नि:शुल्क एडिसनल सर्विस कुपन, स्पेयर पार्ट्स र ल्युबमा ५% छुट

- स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडलमा ०% ब्याजसहित ईएमआई सुविधा

यामाहा यस “यामाहा राइड द ब्लू विद रोडिज” अभियानमार्फत सबैजनालाई पर्वको खुशीसँगै यामाहाको रोमाञ्चको थ्रिल, स्टाइलको बोल्डनेस र यामाहालाई पुस्तौंदेखिको विश्वासिलो नाम बनाउन सफल यसको उत्कृष्ट पर्फर्मेन्सको अनुभव लिन निमन्त्रणा गर्दछ।

एम.ए.डब्लू. राइड्स प्रा.लि. अन्तर्गतको यामाहा नेपाल सधैं नवीनता, पर्फर्मेन्स र भरोसामा अग्रणी रहँदै आएको छ। यसले जापानी प्रविधि, उत्कृष्ट स्टाइल र उत्साहको संयोजन मार्फत् नेपाली राइडरहरूलाई विश्वस्तरीय दुईपांग्रे सवारी उपलब्ध गराउँदै आएको छ।

Share 10 भैरहवाका बिनोद यादवले जिते विकली लक्की ड्रमा यामाहा बाइक
  • Share
      message-button
      भैरहवाका बिनोद यादवले जिते विकली लक्की ड्रमा यामाहा बाइक
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka
Kinmel Chautari