evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

Intro

EV Auto Bazar is Nepal’s leading online automobile platform, bringing you the latest news, expert re read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms & Condition

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

16

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

06/Jul/2026
NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले दोस्रो संस्करणको NAIMA Nepal Mobility Expo 2026 का मुख्य विवरण सार्वजनिक गरेको छ। सोमबार काठमाडौंस्थित द सोल्टी

होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी एक्स्पोको तयारी, सहभागी ब्रान्ड, नयाँ लन्च तथा विभिन्न साझेदारीबारे जानकारी दिइएको हो।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ २०८३ साउन २६ देखि ३१ गते (११–१६ अगस्ट २०२६) सम्म काठमाडौंको भृकुटीमण्डप मा आयोजना हुनेछ। आयोजकका अनुसार यस वर्षको एक्स्पोमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड तथा ४० भन्दा बढी नयाँ उत्पादन तथा सवारीसाधन सार्वजनिक (लन्च) हुनेछन्।

एक्स्पोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, अत्याधुनिक प्रविधि, चार्जिङ, वित्तीय सेवा तथा मोबिलिटीसँग सम्बन्धित अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ।

नाइमा २१ बाट ३६ सदस्य कम्पनीमा विस्तार

पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रितु सिंह वैद्य ले एक वर्षअघि २१ सदस्य कम्पनीबाट सुरु भएको संस्था अहिले ३६ प्रमुख सदस्य कम्पनी सम्म विस्तार भएको जानकारी दिइन्। उनका अनुसार यो विस्तार अटोमोबाइल उद्योगले नाइमामाथि गरेको विश्वास र नेपालको मोबिलिटी क्षेत्रको साझा तथा जिम्मेवार आवाजका रूपमा संस्थाले स्थापित गरेको भूमिकाको परिणाम हो।

उनले नाइमाको "Empowering Growth Through Mobility" दृष्टि र "Mobility for All" मिसन केवल एक्स्पो आयोजनामा सीमित नरही आर्थिक वृद्धि, रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा र नागरिकको सहज आवागमनसँग प्रत्यक्ष जोडिएको बताइन्।

अध्यक्ष वैद्यका अनुसार नाइमाले गत एक वर्षमा मोबिलिटी क्षेत्र सुधारका लागि विभिन्न नीति वकालत, पहिलो संस्करणको एक्स्पो सफल आयोजना, काठमाडौं उपत्यकाका १,६१० ट्राफिक प्रहरीलाई क्षमता अभिवृद्धि तालिम, प्रदर्शनका क्रममा क्षति पुगेका सरकारी कार्यालय पुनःस्थापनाका लागि सहयोग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा यातायात व्यवस्था विभागसँग सहकार्य लगायतका महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेको छ।

उनले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, जनचेतना कार्यक्रम तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा कार्यशाला सञ्चालनलाई पनि निरन्तरता दिइएको जानकारी दिइन्।

नाइमाले NAIMA Mobility Journal, NAIMA Monthly Mobility Sambaad तथा Capacity Building Training Sessions जस्ता कार्यक्रम संस्थागत गरिसकेको जनाएको छ।

विशेष रूपमा यस वर्षको एक्स्पोबाट प्राप्त टिकट आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान फेलोसिप तथा क्षमता अभिवृद्धि कार्यक्रम मा खर्च गरिने घोषणा गरिएको छ। ती अनुसन्धानका नतिजा NAIMA Mobility Journal मार्फत सार्वजनिक गरिने पनि नाइमाले जनाएको छ।

यससँगै भविष्यमा NAIMA Mobility Conclave आयोजना गर्ने तथा शिक्षा मन्त्रालयसँग सहकार्य गरी मोबिलिटी क्षेत्रका लागि सीप विकास र रोजगारीमुखी तालिम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

सदस्य कम्पनी र उद्योगबाट आएको मागलाई ध्यानमा राख्दै नाइमाले आगामी दिनमा कमर्सियल मोबिलिटी केन्द्रित छुट्टै एक्स्पो आयोजना गर्ने सम्भावनाबारे पनि अध्ययन गरिरहेको जनाएको छ।

अध्यक्ष वैद्यले प्रदर्शनीस्थलको सीमित क्षमताका कारण केही इच्छुक सदस्य तथा ब्रान्डलाई स्टल उपलब्ध गराउन नसकिएको भन्दै नेपालमा अझ ठूलो र आधुनिक प्रदर्शनी पूर्वाधार आवश्यक रहेको धारणा राखिन्।

NAIMA Auto Show Planning Committee का संयोजक गौरव शारडा ले यस वर्षको एक्स्पोलाई अझ व्यवस्थित, समावेशी तथा आगन्तुकमैत्री बनाइने बताए। उनका अनुसार मनसुनलाई ध्यानमा राखेर प्रदर्शनीस्थलमा विशेष व्यवस्थापन गरिनेछ भने अपाङ्गता भएका व्यक्तिहरूलाई सहज पहुँच सुनिश्चित गरिनेछ।

आगन्तुकका लागि नेपाल पुलिस क्लबमा पार्किङ सुविधा उपलब्ध हुनेछ। पठाओ ले राइड पार्टनरका रूपमा छुटसहितको यात्रा सुविधा उपलब्ध गराउनेछ भने युनियन पे QR मार्फत टिकट खरिद गर्दा क्यासब्याक सुविधा प्रदान गरिनेछ।

यस वर्षको एक्स्पोको अर्को विशेष आकर्षण Learning Sessions हुनेछ। नेपाल पुलिस क्लबको ब्लु पेभिलियनस्थित अडिटोरियम हलमा सञ्चालन हुने यी कार्यक्रम पूर्ण रूपमा निःशुल्क रहनेछन्। यी सत्रहरूमा उद्योगका विज्ञ, शिक्षाविद्, नीति निर्माता तथा विभिन्न क्षेत्रका नेतृत्वकर्ताले मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप विकास, रोजगारी र नेपालको भविष्यको मोबिलिटीबारे प्रस्तुति दिनेछन्।

एक्स्पोका Co-Sponsor Global IME Bank ले आगन्तुकका लागि विशेष बैंकिङ तथा वाहन वित्तीय योजना ल्याउने जनाएको छ। त्यस्तै Red Bull Nepal ले Beverage Partner का रूपमा एक्स्पो अवधिभर विभिन्न आकर्षक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

यस वर्षको एक्स्पोमा NMB Bank, Siddhartha Bank, Sagarmatha Lumbini Insurance, BOSCH Nepal, Pathao, Global College of Management, Agni Energy, IME Khalti, The Soaltee Kathmandu, Norvic International Hospital, Hikvision, WorldLink, UnionPay, लगायतका विभिन्न कम्पनी तथा संस्थाहरू विभिन्न साझेदारका रूपमा आबद्ध भएका छन्।

कार्यक्रममा नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल ले नाइमा नेपाल मोबिलिटी एक्स्पोलाई केवल प्रदर्शनी नभई सिकाइ, नवप्रवर्तन र सहकार्यको साझा प्लेटफर्म बनाउने लक्ष्य रहेको बताए।

नाइमाले परिवार, विद्यार्थी, व्यवसायी, उद्योगी, नीति निर्माता, सञ्चारकर्मी तथा सर्वसाधारणलाई साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने NAIMA Nepal Mobility Expo 2026 मा सहभागी हुन आग्रह गरेको छ।

Share 43 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      message-button
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

05/Jul/2026
एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आगामी २०८३ भदौ ९ देखि १४ गतेसम्म आयोजना गर्ने ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ का लागि प्रदर्शनी

स्टलहरूको गोलाप्रथामार्फत बाँडफाँड सम्पन्न गरेको छ।

शुक्रबार नाडा सचिवालयमा आयोजित कार्यक्रममा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य तथा अटो शोमा सहभागी कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा स्टल आवंटन प्रक्रिया सम्पन्न गरिएको हो।

नाडाका अनुसार अटो शोमा सहभागी कम्पनीहरूका लागि यसअघि नै स्टल दर्ता खुला गरिएको थियो। सोही दर्ताका आधारमा पारदर्शी र निष्पक्ष रूपमा गोलाप्रथा सञ्चालन गरी सबै सहभागी कम्पनीलाई स्टल उपलब्ध गराइएको जनाएको छ।

यस वर्षको अटो शोका लागि गोलाप्रथामार्फत १९ वटा प्यासेन्जर भेहिकल, १० वटा दुईपाङ्ग्रे सवारी, १७ वटा लाइट कमर्सियल भेहिकल तथा ७६ वटा साना स्टलमध्ये ४५ वटा अटो कम्पोनेन्ट्स कम्पनीहरूलाई स्टल आवंटन गरिएको नाडाले जनाएको छ।

स्टल आवंटन सम्पन्न भएसँगै सहभागी कम्पनीहरूले आफ्नो प्रदर्शनी तयारीलाई तीव्र बनाउने अपेक्षा गरिएको छ। यस वर्षको नाडा अटो शोमा विद्युतीय सवारीसाधन, पेट्रोल तथा डिजेल सवारी, मोटरसाइकल, अटो पार्ट्स, लुब्रिकेन्ट, टायर, ब्याट्री, वित्तीय सेवा तथा अटोमोबाइलसँग सम्बन्धित विभिन्न उत्पादन तथा सेवाहरू प्रदर्शन हुनेछन्।

कार्यक्रमको समापनमा नाडाका महासचिव मिलनबाबु मल्लले सहभागी सबै कम्पनीप्रति आभार व्यक्त गर्दै सफल अटो शो आयोजना गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

Share 15 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      message-button
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Reels-logo

Reconditioned & Used Vehicles for Sale

Best deals & trusted sellers
See More →
Suzuki Ignis 2002 Model for Sale in Nepal – Full Option, Airbag & Alloy Wheels
Skoda Kushaq Ambition 2021 for Sale in Kathmandu
2015 Model Bus for Sale – Good Condition, with Full Insurance
Tata Ace Mega 2017 for Sale
Hyundai Grand i10 Magna 2017 Petrol for Sale
Bajaj Pulsar Ns 200 for Sale
Honda unicorn for sale
Bike sell 2022 model
Auto Guru

Auto Guru

01/Nov/2025
kWh के हो? EV चलाउनेहरूले जान्नुपर्ने कुरा | EV Auto Bazar

अहिले नेपालमा इलेक्ट्रिक सवारीसाधन (EV) को लोकप्रियता तीव्र गतिमा बढ्दै गएको छ। मानिसहरू पेट्रोल र डिजेलबाट टाढिँदै स्वच्छ ऊर्जातर्फ मोडिँदै छन्। तर EV प्रयोग गर्नुअघि वा

किन्ने निर्णय गर्नुअघि एउटा शब्द बारम्बार सुन्न पाइन्छ — “kWh”। धेरैलाई यो शब्द सुन्दा प्राविधिक जस्तो लाग्छ, तर वास्तवमा यो बुझ्न धेरै सजिलो कुरा हो। kWh भन्नाले “किलोवाट–घण्टा” हो, जसले ऊर्जा (energy) मापन गर्छ। यसको प्रयोग बिजुलीको मात्राबाट लिएर EV को ब्याट्री क्षमतासम्म सबैमा गरिन्छ।

सरल भाषामा बुझ्दा, १ kWh भनेको १ किलोवाट शक्तिले १ घण्टासम्म काम गर्दा प्रयोग हुने ऊर्जा हो। उदाहरणका लागि, तपाईंको EV स्कूटरको मोटर ३ किलोवाटको छ भने, त्यो मोटर एक घण्टा लगातार चलेमा उसले ३ kWh ऊर्जा प्रयोग गर्छ। त्यसैले, kWh भन्नाले “तपाईंको गाडीले कति बिजुली खायो” भन्ने कुरा जनाउँछ। यो ठीक त्यस्तै हो, जस्तै पेट्रोल गाडीमा “लिटर” ले इन्धनको मात्रा जनाउँछ।

EV को ब्याट्री क्षमतामा पनि यही एकाइ प्रयोग हुन्छ। कुनै EV मा ४०.५ kWh लेखिएको छ भने, त्यसको अर्थ त्यो गाडीको ब्याट्रीले ४०.५ किलोवाट–घण्टा ऊर्जा स्टोर गर्न सक्छ भन्ने हो। जति ठूलो kWh, त्यति धेरै बिजुली स्टोर गर्न सक्ने क्षमता, र त्यति लामो दूरी चल्ने क्षमता हुन्छ। उदाहरणका लागि, Tata Nexon EV को ब्याट्री ४०.५ kWh को छ भने, BYD Dolphin को ४४.९ kWh र MG ZS EV को ५१ kWh हुन्छ। यी मध्ये उच्च kWh भएको गाडीले प्रायः बढी रेंज दिन्छ।

नेपालमा बिजुली बिल पनि यही एकाइमा आधारित हुन्छ। नेपाल विद्युत प्राधिकरणले तपाईंले प्रयोग गरेको बिजुली “unit” मा मापन गर्छ, र १ unit बराबर १ kWh हुन्छ। त्यसैले यदि तपाईंको EV चार्ज गर्न ८ unit बिजुली लाग्छ भने, त्यसको अर्थ ८ kWh बिजुली खर्च भएको हो। प्रति unit रु. १२ को हिसाबले हेर्दा, तपाईंले रु. ९६ मा पूरा चार्ज गर्न सक्नुहुन्छ। यसरी हेर्दा, EV चार्ज गर्नु पेट्रोल भर्ने भन्दा धेरै सस्तो पर्छ — जुन कुरा kWh बुझ्दा मात्र स्पष्ट हुन्छ।

EV को efficiency पनि kWh सँग जोडिएको हुन्छ। कुनै EV ले १ kWh मा कति किलोमिटर चल्छ भन्ने कुरा efficiency हो। यो पेट्रोल गाडीको “माइलेज” जस्तै हो, तर बिजुलीका लागि “km per kWh” मा मापन गरिन्छ। यदि कुनै EV १ kWh बिजुलीमा ७ किमी चल्छ भने, १०० किमी चलाउन त्यसले १४.३ kWh बिजुली प्रयोग गर्छ। Efficiency राम्रो भएको EV ले कम बिजुलीमा बढी दूरी तय गर्न सक्छ, जसले खर्च बचत र ब्याट्रीको आयु दुवै बढाउँछ।

फास्ट चार्जिङको कुरा गर्दा पनि kWh र kW बीचको सम्बन्ध बुझ्नुपर्छ। चार्जरमा ३०kW लेखिएको छ भने, त्यसले प्रति घण्टा ३० किलोवाट–घण्टा ऊर्जा आपूर्ति गर्न सक्छ। अर्थात् ३०kW चार्जरले एक घण्टामा ३० kWh ऊर्जा EV ब्याट्रीमा पठाउन सक्छ। तर फास्ट चार्ज गर्दा ब्याट्री ततिने, degradation बढ्ने र दीर्घकालीन क्षति हुने सम्भावना पनि रहन्छ। त्यसैले EV कम्पनीहरूले सन्तुलित रूपमा slow र fast चार्ज दुवै प्रयोग गर्न सल्लाह दिन्छन्।

kWh बुझ्नु EV प्रयोगकर्ताका लागि अत्यन्त जरुरी कुरा हो। यसले तपाईंलाई EV को वास्तविक मूल्य बुझ्न मद्दत गर्छ — battery capacity, driving range, charging cost, efficiency, सबै कुरा यही एकाइबाट गणना गर्न सकिन्छ। जब तपाईं EV किन्ने सोचमा हुनुहुन्छ, त्यतिबेला battery को kWh हेरेर तपाईं आफ्नो आवश्यकता अनुसार निर्णय गर्न सक्नुहुन्छ। दैनिक सहरभित्रको छोटो दूरीका लागि सानो battery (कम kWh) पर्याप्त हुन सक्छ, तर लामो यात्राका लागि ठूलो battery (उच्च kWh) चाहिन्छ।

अन्ततः, kWh केवल टेक्निकल शब्द होइन, यो EV संसारको आधारभूत भाषा हो। जब तपाईं “४४.९ kWh battery” लेखिएको EV हेर्नुहुन्छ, त्यो केवल संख्यात्मक विवरण होइन — त्यो तपाईंको यात्राको दूरी, खर्च, र दक्षताको संकेत हो। kWh बुझ्नाले तपाईंलाई भविष्यको परिवहन प्रणाली बुझ्न सजिलो बनाउँछ। किनकि ऊर्जा दक्षता र स्थायित्वमा नै आगामी पुस्ताको यात्रा निर्भर छ, र त्यसको सुरुवात एउटा सानो तर शक्तिशाली मापन एकाइबाट हुन्छ — kWh।

Share 31 kWh के हो? EV चलाउनेहरूले जान्नुपर्ने कुरा | EV Auto Bazar
  • Share
      message-button
      kWh के हो? EV चलाउनेहरूले जान्नुपर्ने कुरा | EV Auto Bazar
  • Message

    Send Message

  • Call
  • Whatsapp
Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

Yamaha brought the 'Thrill of Three' to the New Year celebration with exciting prizes.

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

१८ चैत २०८१— यामाहा नेपालले नयाँ वर्षको सुरुवात आफ्नो रोमाञ्चक स्किम ‘थ्रिल अफ थ्री’’ सँगै

गर्दैछ। यामाहाका फ्यानहरूलाई रोमाञ्चक पुरस्कार, विशेष लाभ र अनबिटेबल डिलहरू प्रदान गर्न डिजाइन गरिएको यो एक रोमाञ्चक स्किमहो। यो स्किमयामाहा मोटरसाइकल र स्कूटरहरूको सारलाई प्रतिबिम्बित गर्दै एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्सको उत्सव मनाउने अवसर पनि हो। तपाईं एक जोशिलो राइडर, ट्रेन्डसेटर वा पर्फर्मेन्स खोज्ने व्यक्ति हुनुहुन्छ भने यामाहाले ल्याएको यो विशेष अफर तपाईंकै लागि हो।

‘थ्रिल अफ थ्री’ अन्तर्गत रोमाञ्चक पुरस्कारहरू

१. एक्साइटमेन्ट शेयर गर्नुहोस् र रु. १,००० जित्नुहोस्

आफ्नो सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयर गर्नुहोस् र तत्काल रु. १,००० जित्नुहोस्!

२. स्टाइल देखाउनुहोस् र रु. ५०,००० सम्म जित्नुहोस्।

नजिकैको यामाहा डिलरशिपमा गई आफुले शेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाउनुहोस् र रू. ५०,००० रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउनुहोस्!

३. पर्फर्मेन्स अँगाल्नुहोस् र रू. १,००,००० रुपैयाँसम्म जित्नुहोस्

योजनाको अवधिमा ब्रान्ड-न्यू यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्नुहोस् र १,००,००० रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउनुहोस्!

ग्राहकहरूको लागि थप लाभहरू

नगद पुरस्कारहरूको साथसाथै यामाहा नेपालले यामाहाको खरिदलाई पहिलेभन्दा अझै सजिलो र बढी फाइदाजनक बनाउन विशेष खरिद लाभहरू प्रदान गर्दैछ:

● स्पट एक्सचेन्ज

● इजी फाइनान्स

● छानिएका मोडेलहरूमा ०% ब्याजको ईएमआई

‘थ्रिल अफ थ्री’ स्किमकेवल अफर मात्र होइन, यसले यामाहाको इनोभेसन, एक्साइटमेन्ट र ग्राहक संलग्नता प्रतिको जोशलाई प्रतिबिम्बित गर्दछ। उत्कृष्ट राइड अनुभव प्रदान गर्ने यामाहा मोटरसाइकल र स्कुटरहरू थ्रिल खोज्ने, स्टाइल मन पराउने र पर्फर्मेन्स रोज्नेहरूका लागि डिजाइन गरिएका छन्।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट पर्फर्मेन्स र असाधारण आफ्टर सेल्स सर्भिसको लागि परिचित एक अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो। नेपालमा बलियो उपस्थिति भएको यामाहा विश्वस्तरीय उत्पादनहरू प्रदान गर्न र ग्राहक सन्तुष्टि सुनिश्चित गर्न समर्पित छ।

घरमा यामाहा ल्याउने र रोमाञ्चको प्रत्यक्ष अनुभव गर्ने यो उत्तम समय हो! आजै आफ्नो नजिकको यामाहा शोरूममा जानुहोस् र 'थ्रिल अफ थ्री' उत्सवको हिस्सा बन्नुहोस्!

Share 91 Yamaha brought the 'Thrill of Three' to the New Year celebration with exciting prizes.
  • Share
      message-button
      Yamaha brought the 'Thrill of Three' to the New Year celebration with exciting prizes.
  • Message

    Send Message

  • Call
  • Whatsapp
Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

बजाज एन २५० को लन्चसँगै स्पीड फेस्ट २०२५ सम्पन्न

नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पीड फेस्ट २०२५ शनिबार एलिस रिसेप्सन, बालुवाटारमा भव्य रूपमा सम्पन्न भएको छ । मोटरसाइकल प्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको यस इभेन्टमा ७०

भन्दा बढी सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक ¥याली, टेस्ट राइड सेसन, नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्टस्र रकहेड्स को प्रत्यक्ष सांगीतिक प्रस्तुति लगायत विभिन्न रोमाञ्चक कार्यक्रमहरू समावेश थिए ।

उक्त फेस्टमा बजाजको एन २५० मोडल लन्च गरिएको थियो, जसले इभेन्टमा थप आकर्षण थपेको थियो । त्यसैगरी यस वर्षको स्पीड फेस्टमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. द्वारा वितरित बजाज, केटिएम डुक, र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता रहेको थियो ।

बजाज एन २५०ः शक्ति, प्रदर्शन र नवीनताको प्रतीक बजाज एन २५० को भव्य लन्च स्पीड फेस्ट २०२५ को प्रमुख आकर्षण बन्न सफल रहेको थियो । यो मोटरसाइकलमा पावर, आधुनिक प्रविधि र परिष्कृत डिजाइनको उत्कृष्ट संयोजन रहेको छ ।

बजाज एन २५० मा २४.५ पिएस पावर दिने २४९ सीसी सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड, आयल–कुल्ड इन्जिन समावेश गरिएको छ । यसमा डुअल च्यानल एबीएस, सुधारिएको चेसिस, एलईडी हेडलाइट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र अपग्रेडेड एग्जस्ट सिस्टम रहेको छ, जसले बाइकलाई थप स्टाइलिश र सुरक्षित बनाउँछ ।

बजाज एन २५० को लन्चले बाइकप्रेमीहरूलाई नयाँ प्रविधि र डिजाइनका मोटरसाइकल अनुभव गर्ने अवसर पनि प्रदान गरेको थियो । स्पीड फेस्ट २०२५ ले मोटरसाइकल संस्कृति प्रवद्र्धन गर्न सफल भएको आयोजकहरूले बताएका छन् । हंसराज हुलासचन्द एण्ड कम्पनीले भविष्यमा पनि यसरी नै नेपाली बाइकप्रेमीहरूका लागि नवीनतम प्रविधि र रोमाञ्चक इभेन्टहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।

Share 7 बजाज एन २५० को लन्चसँगै स्पीड फेस्ट २०२५ सम्पन्न
  • Share
      message-button
      बजाज एन २५० को लन्चसँगै स्पीड फेस्ट २०२५ सम्पन्न
  • Message

    Send Message

  • Call
  • Whatsapp
Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

02/Jan/2026
नाडा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

नेपालको अटोमोबाइल क्षेत्रको प्रमुख संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नयाँ नेतृत्वका लागि सुरेन्द्रकुमार उप्रेती निर्विरोध अध्यक्ष निर्वाचित भएका छन्।

उम्मेदवारी दर्ताको अन्तिम म्याद बिहीबार

दिउँसो १२ बजेसम्म तोकिएकोमा अध्यक्ष पदका लागि उप्रेतीको एक मात्र उम्मेदवारी दर्ता भएपछि उनी स्वतः निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। यसअघि नाडाको महासचिवको जिम्मेवारी सम्हाल्दै आएका उप्रेती स्पेयर पार्टस् व्यवसायमा सक्रिय छन्।

नाडाको केन्द्रीय कार्यसमितिका अन्य पदाधिकारीहरू पनि निर्विरोध हुने सम्भावना बलियो देखिएको छ। यद्यपि, केन्द्रीय सदस्य पदका लागि भने निर्वाचन हुने भएको छ। १७ सिटका लागि १८ जनाको उम्मेदवारी परेकाले एक जनालाई समायोजन गर्ने प्रयास जारी रहेको संस्थाले बताएको छ।

केन्द्रीय सदस्यहरूको अन्तिम निर्वाचन आगामी पुस २५ गते हुने कार्यक्रम रहेको छ। नाडाको नयाँ कार्यसमितिले अटोमोबाइल तथा स्पेयर पार्टस् व्यवसायको हित प्रवर्द्धनमा थप जोड दिने अपेक्षा गरिएको छ।

Share 16 नाडा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित
  • Share
      message-button
      नाडा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित
  • Message

    Send Message

  • Call
  • Whatsapp
YT Logo

EV Auto Bazar (YT Video)

03 Jan, 2026
Ather ले परिचयपत्रकै आधारमा स्कुटर खरिद गर्न सकिने सरल EMI य...
evautobazar.com मा स्वागत छ – नेपालको अटो कम्युनिटीको मुटु! हामी नेपालका ...
YT Thumbnail

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka
Kinmel Chautari